काभ्रे जिल्लामा मोटरसाइकल, कार, जीप र ट्रिपर सडक दुर्घटना तिब्र रुपमा बढेको ट्राफिक प्रहरीले जनाएको छ । दैनिक जसो भएको सवारी साधनहरु दुर्घटना हँुदा ठूलो जनधनको क्षति मात्र हुदैन सवारी र्दुघटनामा परी अङ्गभङ्ग हुनेहरु पनि जीवनभर पश्चाताप गर्दछन् । कोही कोही त अरुकोभरमा बाँच्नु पर्ने हुन्छ । दुर्घटना हँुदा सवारी साधनका लगानीकर्ताहरुको लगानी डुब्ने जोखिम त्यतिकै बढ्दै गएको छ ।
चालकहरुको लार्पवाही, मोटरबाटो हिड्ने सडक साँधुरो हुनु , बाटो जोल्टिङका प्रमूख कारणहरु भेटिएता पनि दीर्घकालिन समस्याको समाधानको उपाय भने सम्बन्धित निकायहरुले खोजिएको भेटिदैंन । जिल्ला ट्राफिक कार्यालय काभ्रेका अनुशार आ.व.२०७५/०२०७६ मा ७० वटा सवारी साधन र्दुधटना हँुदा ३७ जनाको मृत्यु , ६१ जना गम्भिर घाईते र ४० जना सामान्य घाईते भएको जनाएको छ । त्यस्तै ०७६/०७७ मा १ सय २४ सवारी साधन र्दुघटनामा पर्दा ५३ जनाको मृत्यु , १ सय ६९ गम्भिर घाईते र २ सय ९३ समान्य घाईते भएका छन् । त्यसै गरी आ.व. ०७७/०७८ मा १ सय ७८ सवारी साधनहरु दुर्घटनामा पर्दा ३१ जनाको मृत्यु , ९३ जना गम्भिर घाईते र १ सय ३७ सामान्य घाईते भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रहरी नायव निरीक्षक चन्द्र श्रेष्ठले जानकारी दिनु भयो । आ.व. ०७७ /०७८ सवारी र्दुघटना हँुदा १ सय ४७ मध्ये सबभन्दा बढी मोटरसाईकल र त्यस पछि कार जिप ३९,ट्रक ३४, बस ९, अन्य ४ गरी १ सय ७८ सडक र्दुघटनामा परी कारवाहीमा परेका थिए । बनेपाको पार्कीङ अव्यवस्थीत छ । यसको उचित प्रवन्ध गर्न दुर्घटना न्यूनिकरणको लागि ट्राफिक प्रहरी कार्यालय काभ्रेले नयाँ योजना के छ त भन्ने प्रश्नमा ट्राफिक प्रमुख प्रमिला श्रेष्ठको यस्तो प्रतिक्रिया थियो - समग्रहमा हेर्दा सवारी साधनहरु सडक दुर्घटना बेसी भएको छ की भन्ने भान चाँही हुन्छ । विगतका बर्षका तुलनामा कमी नै भएको छ । बाटो साँघुरो छ । सडक फराकिलो गर्ने, नयाँ बनेका सडकहरु कालो पत्रे गर्ने, स्तर उन्नती गर्ने कार्य ज्यादै न्यूनगतिमा हुनुले गर्दा पनि यातायातका साधनहरु नेपालका सन्दर्भमा भन्नु पर्दा गुड्ने बाटोको लेन एउटा हुुनु कार, बस, जिप, मोटर साइकल, ट्रक एउटै लेनमा गुड्नु पर्ने अवस्था छ, छुट्टा छुट्टै लेन छैन । दुर्घटना हुनुको कारण यो पनि हो । यस्तो कार्य ट्राफिक प्रहरीहरुले गर्ने कार्य भित्र पर्दैन । ट्रफिक प्रहरीहरुले व्यवस्थापकीय कार्य मात्र गर्ने हो । संघ, प्रदेश र स्थानिय सरकारहरुले सडक निर्माण गर्दा दीर्घकालीन योजना निर्माण गरी दिगो लक्ष्य विकास सहितको हुनु पर्छ । देशका प्रमुख शहर उपत्यका भित्र सडक सञ्जालहरु विस्तार गर्दा यातायात क्षेत्रका विज्ञहरुका सुझाबका आधारमा गर्न सके राम्रो हुन्छ । दुर्घटनामा कमी ल्याउने कार्यगत तहमा ५ औँ स्थानमा मात्र ट्राफिक प्रहरी हो । काभ्रे जिल्लाकै सन्दर्भमा भन्नु पर्दा मोटर साइकल, कार, जीप र ट्रिपरहरु दुर्घटना बसहरुको तुलनामा अलि बेसी भएको आ.व. ०७७/०७८ को तथ्याङ्कले देखाउँछ । कमी ल्याउन हामीले चालकहरुमा ट्राफिक नियमको परिपालनाका सवालमा बेला बेलामा सचेतनामुलक कार्यक्रम गरेका छौँ । काभ्रे ट्राफिक प्रमुख प्रमिला श्रेष्ठले भन्नुभयो ।
३९ हजार ६ सय कारबाहीबाट ४ करोड ८८ लाख राजश्व
ट्राफिक प्रहरीका अनुसार आ.व. ०७७/०७८ मा ३९ हजार ६ सय १८ सवारी साधनलाई कारवाही गरी सबैभन्दा बेसी राजश्व संकलन गरेको छ । आ.व. ०७७/०७८ मा ४ करोड ८८ लाख २६ हजार ५ सय राजश्व संकलन गरेको कुरा प्रहरी नायव निरीक्षक चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
