काभ्रे, १७ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी संघ काभ्रे जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेमकिपा काभ्रेका उपाध्यक्ष पुण्यशोभा श्रेष्ठ, सदस्य धनबहादुर तामाङको उपस्थितिमा नेक्राविसंघका उपाध्यक्ष तारा न्यौपानेले प्रजिअ शिवराम पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाममा ढिलाइ, एमसीसी खारेजी, भारत अतिक्रमित भूमि फिर्ताको माग, प्राकृतिक प्रकोप पीडितहरूको व्यवस्थापन, निःशुल्क तथा अनिवार्य शिक्षाको माग, बढ्दो महंगी नियन्त्रण लगायतका विषय समावेश गरिएको छ । ज्ञापनपत्र प्रदान कार्यक्रममा नेक्राविसङ्घ काभ्रेका होइसल तामाङ, राजु तामाङ, आकाश मानन्धर, सुशीला तामाङलगायतको उपस्थिति थियो ।
