IMG-LOGO

राजावादी सल्बलाउन थाले

 मंगल, सावन १९, २०७८  ----

 

      २०६२/०६३ जनान्दोलन, २०७२ को संबिधान निर्माण पछि पनि जनता निराशामा छन् । यही मौकामा  राजाबादीहरु सल्बलाउने संकेत देखा परेका छन् । मुलुकमा राजतन्त्र फर्काउने उद्घोष गर्दै हिजो पोखराबाट एउटा नयाँ राजनीतिक दलको घोषणा भएको समाचार छ । नारायणप्रसाद कोइरालाको नेतृत्वमा शिक्षा र सुरक्षामा जोड दिँदै गठन गरिएको दल ‘नेपाल प्रतिविम्ब पार्टी’ घोषणा गर्दै सो पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई आलंकारिक राज्यप्रमुख बनाउने उद्घोष समेत सो दलले गरेको छ ।

      राजतन्त्रका विषयमा जनमत संग्रह गरी हृदयेन्द्र शाहलाई आलांकारिक राज्य प्रमुख बनाउने उद्घोष गर्दै,  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने एजेण्डा पनि सो पार्टीको छ । हृदयन्द्र पारस पुत्र हुन । १ करोडको ‘हार्ले’ मा हेल्मेट नलगाई हुइँकिने पूर्व युवराज पारसले यो हप्ता दरबार मार्गमा ट्राफिक सँग लफडा गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्