बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको लागि दश लाख रुपैँया बराबरको उपकरणहरु हस्तान्तरण गरिएको छ । गत मङ्गलबार अस्पतालमा आयोजित उपकरण हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह वादेलेअस्पताल सञ्चालक समितिका अध्यक्ष मधु आचार्यलाई उपकरण हस्तान्तरण गर्नुभयो । कार्यक्रममा अस्पतालका अध्यक्ष मधु आचार्य, जिल्ला समन्वय प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह वादे, उपप्रमुख रेखा सापकोटा दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, बनेपा नगरपालिाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती लगायतले अस्पताल र उपकरण बारे मन्तब्य राख्नुभएको थियो । अस्पताल सञ्चालक समितिका महासचिव हिरामणी शर्मा तिमल्सिनाले अस्पताललाई उपलब्ध गराइएका उपकरणहरुले अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो छरितो बनाउन ठुलो सहयोग पुग्ने बताउनुभयो । यसअघि अस्पतालमा चस्मा बनाउने दुई वटा मेसिनबाट छ मिनेटमा दुई वटा चस्मा बन्न सक्थ्यो भने अहिले हस्तान्तरण भएको मेसिनबाट छ मिनेटमा तीन वटा चस्मा बन्ने शर्माको भनाई छ । जिल्ला समन्वय समिति काभ्रेले बनेपा नगरपालिका मार्फत दश लाख रुपैँयाको चस्मा बनाउने र प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराएको हो ।
