IMG-LOGO

जनमतमा शान्तिकिरणको स्मृतिमा सम्मान थपियो

 मंगल, चैत ३, २०८२  --

       २०८२ फागुन २८÷ यस वर्षदेखि प्रदान गर्ने गरी  प्रा.डा. प्रकाशराज रेग्मीद्वारा आफ्नो बुबाको नाममा स्थापित ‘कमलराज–जनमत दर्शन साहित्य सम्मान’, हिरा शर्मा नेपालबाट आफ्नो बुबा÷मुमाको नाममा स्थापित ‘विश्वशान्ति–जनमत प्रवासी लेखक सम्मान’ का साथै भर्खरमात्र यसै वर्षदेखि प्रदान गरिने गरी ‘शान्तिकिरण–जनमत फरक क्षमता सम्मान’ को स्थापना गरिएको छ ।

       शान्तिकिरण जोशीको अवसान यसै वर्षको पुस २७ गते विदेशीभूमिमा भएको थियो । जनमत वाङ्मय प्रतिष्ठान नेपाल, काभ्रे बहुमुखी क्याम्पस लगायत थुप्रै ठाउँहरुमा सहयोग पु¥याउँदै आउनुहुने समाजसेवी तथा दाता शान्तिकिरण जोशीको स्मृतिमा ‘शान्तिकिरण जोशी–स्मृति कोष’ को तर्फबाट रु.२५,०००।– नगदसहित सम्मान प्रदान गर्ने गरी ‘शान्तिकिरण–जनमत फरक क्षमता सम्मान’ ले यस वर्ष त्रि.वि.वि.का उप–प्राध्यापक डा. गोविन्द आचार्यलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जानकारी दिनुभयो । यसै वर्षदेखि सम्मान गरिने अन्य दुई सम्मानमा पनि रु.२५,०००।– प्रदान गरिनेछ ।

       बनेपाको दुवाल कुलमा गणेशबहादुर÷खिलकुमारी दुवालका कान्छी छोरीका रुपमा जन्मिनुभएका शान्तिकिरण ७३ वर्षका उमेरमा अचानक हृदयगति बन्द भई मलेशियाको क्वालालाम्पुरमा कृतिशेष हुनुभएको थियो । उहाँबाट नै स्थापित वि.सं. २०५३ सालदेखि बनेपामा संचालित ‘गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान’ का लागि पनि मुद्दतीमा रकमको व्यवस्थापन गर्नुभई सम्मान कार्यक्रम निरन्तर २९ वर्षदेखि संचालनमा आइरहेको जानकारी पनि दुवालले गराउनुभयो ।

       यही चैत्र २६ गते बनेपामा प्रा.डा. चूडामणि वन्धु, मोहनविक्रम सिंह, प्रा.डा. वीणा पौड्याल, डा. कविता लामा, नन्दकृष्ण जोशी, प्रा.डा. सविना श्रेष्ठ, डा. बलराम अधिकारी, जगदीश ओझा, राजभाई प्रधानर डा. गोविन्दप्रसाद आचार्यसहित १० जनाको सम्मान हुने बताइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्