IMG-LOGO

कोरोना बढ्न थाल्यो

 मंगल, सावन १२, २०७८  ----

   नेपालमा थप ३ हजार ४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना उकालो अवस्थामा छ ।

       नेपालमा सङ्क्रमितको कुल संख्या सात लाख ३८ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,७३८ पुगेको छ । अहिले कुल परीक्षणको झन्डै २० प्रतिशतमा सक्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,६८६ जना सक्रमण मुक्त भएका छन् ।

सोमबार १ सय ९ संक्रमित

       काभ्रेमा सोमबार थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार ९१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट ६७ जना र एन्टिजेन परिक्षणबाट ४२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यसैविच काभ्रेमा कोरोना विरुद्धको खोप लगाउने क्रममा पहिलो मात्रा खोप लगाउनेको संख्या ६७ हजार ४ सय ७८, दोस्रो मात्रा खोप लगाउनेको संख्या २४ हजार ४ सय १२ रहेको बताईएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्