IMG-LOGO

साइकल यात्रा अभियानको क्रममा क्यान्सर सचेतना कार्यक्रम

 मंगल, माघ २१, २०८२  --

       सन् २०२६ जनवरी १ तारिख (पुस १७) को दिन पाँचथरस्थित उत्तरपूर्वी सीमाना चिवाभञ्ज्याङबाट थालनी भई पश्चिम बैतडीको झुलाघाटसम्म सम्पन्न एक महिना लामो १८०० किमी मध्यपहाडी लोकमार्ग साइकल यात्रा अभियानको क्रममा विभिन्न जिल्लामा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ । ती जिल्लाहरुमा उक्त टोलीका प्रा.डा. सुमन राज ताम्राकारले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषय माथि प्रस्तुती दिनुभयो ।

       पाँचथर चिवाभञ्ज्याङबाट टोली फिदिम आईसकेपछि पुस १८ मा फिदिमस्थित विद्या वरदान बोर्डिङ स्कुलमा, पुस १९ गते तेह्रथुमको चुहानडाँडा चुहानडाँडास्थित काजीमान कन्दङवा पार्कमा ग्रामीण महिला जागरण समूहमा. पुस २० गते तेह्रथुमको म्याङ्लुङस्थित दिपज्योती इङ्गलिस बोर्डिङ स्कुलमा, पुस २१ गते म्याङ्लुङस्थित म्याङ्लुङ क्याम्पसमा, सोही दिन धनकुटा स्थित लेगुवा घाटमा महिला दिदीबहिनीहरुको समूहमा, पुस २४ गते दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा, पुस २७ गते मेलम्ची नजिकै धुलिखेल अस्पतालको बाहुनेपाटी स्वास्थ्य केन्द्रमा, पुस २८ गते बाहुनेपाटीस्थित जाल्पा माविमा, पुस ३० गते गोरखा आरुघाट स्थित भीमोदय मावि र माघ १ गते पोखरा रामबजार स्थित कालिका मन्दिर परिसरमा महिला दिदीबहिनीहरुको समूहमा, माघ ४ गते बाग्लुङ बिहुँ स्थित अमर माध्यमिक विद्यालयमा, माघ ६ गते चौरजहारी नगरपालिका ३ स्थित लापुले गाउँ स्वास्थ्य आमा समुहमा, माघ ७ गते रुकुम पश्चिमस्थित शीतल माविमा, माघ ८ गते दैलेखबजारस्थित त्रिभुवन माविमा, माघ १२ गते डडेल्धुरा अमरगढी नगरपालिकास्थित माउन्टेन बोर्डिङ स्कुलमा गरि ११ जिल्लाका १५ ठाउँमा करिब २००० भन्दा बढि महिला दिदीबहिनी तथा विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित भएका थिए ।

       क्यान्सर विजेताद्वय हर्क लामा र कविता चित्रकार नै मुख्य राइडरको रुपमा सहभागिता रहेको एक महिने लामो मध्य पहाडी लोकमार्ग साइकल अभियान यात्राको मुख्य उद्देश्यहरूमा क्यान्सर प्रभावितहरूको उपचारका लागि कोष संकलन गर्नुका साथै पाठेघरको मुखको र स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नु पनि रहेको थियो । मध्य पहाडी लोकमार्ग पूरै सम्पन्न गर्ने अन्य साइकल यात्रीहरूमा धुलिखेल अस्पतालका हाडजोर्नी विशेषज्ञ एवं मुख्य राइडर डा. विकास पराजुली लगायत अन्य पाँचजना साइक्लिस्टहरू पनि थिए ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्