श्री शारदा माध्यामिक बिद्यालयमा बिहिबार पनौती सेवाकेन्द्रको आयोजनामा पनौती न.पा वडा नंं ९, सुन्थान अवस्थित श्री शारदा माध्यामिक बिद्यालयमा आर्थिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित विद्यार्थी लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । संस्थाको पनौती सेवा केन्द्रको व्यवस्थापन उप–समिति संयोजक महेश कुमार कर्माचार्यको सभापतित्वमा संचालित कार्यक्रममा संस्थाका लेखा समिति संयोजक राजन श्रेष्ठ, संस्थाका सञ्चालक सदस्य संगिता खड्का, व्यस्वस्थापन समिति सदस्य मोहन कुमार बस्नेत, शारदा माविका प्रधानाध्यापक मदन सुन्दर गोछें साथै शारदा माविका स्कूल इन्चार्ज, शिक्षक राजु ताम्राकार लगाएत अन्य शिक्षकहरुकोे आतिथ्यता रहेको थियो । कार्यक्रमा सभापतित्व महेश कुमार कर्माचार्यले बित्तिय निर्णय गर्दा जानकारीपुर्ण र जिम्मेवार बन्न सहयोग पुग्ने जानकारी गराउनुभएको थियो ।
सामुदायिक साकोसको पनौती सेवा केन्द्रद्वारा आयोजित बित्तिय साक्षरतका कार्यक्रम बिन्दा बन्जाराले सञ्चालन गर्नुभएको थियो भने सेवा केन्द्र प्रमुख बिमल जाकिबन्जारले उक्त कार्यक्रममा बचतको महत्व, आम्दानी र खर्चको व्यवस्थापन, बैंकिङ सेवाको प्रयोग, डिजिटल भुक्तानी प्रणाली, कर्जा व्यवस्थापन तथा आफुले बचत गरेको रकम साथै ठगीबाट जोगिने उपायका विषयमा सहभागी विद्यार्थि भाई बहिनिहरुलाई जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रमा सेवा केन्द्रका कार्यालय सहायक राम सुन्दर के.सी सहित ६७ जना बिद्यार्थी भाई बहिनिहरुको सहभागीता रहेको थियोे ।
