IMG-LOGO

नाइटिङ्गेल एकेडेमीले फुटबल खेलमैदान सञ्चालन ग¥यो

 मंगल, माघ २१, २०८२  – हरिनाथ न्यौपाने

       नाइटिङ्गेल एकेडेमी बनेपाले फुटसल खेल मैदान सञ्चालनमा ल्याएको छ । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना तथा बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले शुक्रबार संयुक्त रूपमा फुटसल मैदानको उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि बिनोदकुमार न्यौपानेले नाइटिङ्गेल फुटसलले स्थानीयस्तरमै प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले विद्यालयहरुले पढाई संगै खेलकुद पूर्वाधारमा पनि समान ध्यान दिनुपर्ने धारणा राख्नुभयो । विद्यालयका अध्यक्ष रत्नकुश रञ्जितकारले गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय सहभागी गराउने उद्देश्यले फुटसल स्थापना गरिएको बताउनुभयो । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले फुटसलले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता तथा टोली भावना विकास गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक र बनेपा प्याब्सनबीच मैत्रीपूर्ण खेलसमेत सम्पन्न भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्