नेपाल सरकारले स्वास्थ्य सेवा बीमा बापत सामान्यका लागि १ लाख बराबरको बीमा सुविधा दिदैं आएकोमा माघ १९ गते देखि नयाँ मापदण्ड कायम गरेको छ । परिवार संख्या अनुसार २,५००÷– र ३,५००÷– जम्मा गर्दा एक जना परिवारलाई १ लाख वरावरको सुविधा दिदैं आएकोमा थप १ सदस्यका लागि ५ हजार थप बढीमा ५ जनाको लागि वार्षिक २५ हजार बीमा सेवा दिने भएको छ । बीमा नियमावली अनुसुची–६ अनुसार ८ प्रकारका कडा तथा दीर्घरोगीहरुको उपचारको विषयमा हाल व्यवस्था भएबमोजीम नै हुने बेहोराको जानकारी राष्ट्रिय बीमा बोर्ड काठमाण्डौंका वरिष्ठ मेडिकल सुपरीटेण्डेन्ट डा. पवनकुमार साहले जानकारी दिनुभयो ।
