बनेपा÷अर्किड ईन्टरनेश्नल एकेडेमी विद्यालयले बनेपाको तिनदोबाटोमा सरस्वती पूजाको अवसर पारी किण्डर गार्टेन सगै बालबालिकाहरुलाई अक्षाराम्भ प्रारम्भ गरेको छ । उक्त किन्डर गार्टेनको शुभारम्भ बनेपा नगरपालिका वडा नम्बर ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धरले गर्नुभएको थियो । मानन्धरले बालबालिकाहरुलाई बालमैत्री बाताबरणमा राख्नु पर्ने बताईन् । विद्यालयका सञ्चालक समितिका अध्यक्ष पुकार कर्णजितले अभिभावकहरुको माग अनुसार उक्त स्थानबाट किन्डरगार्टेन स्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । अर्किड इृन्टरनेश्नल एकेडेमी विद्यालयले साना बालबालिकालाई बालमैत्री बातारबरणमा सिकाईउदै आएको कर्णजितले बताए ।
विद्यालयकी प्रिन्सिपल अनिता प्रजापतिले किण्डरगार्टेनमा बालमैत्री बाताबरण, बालबालिका, बालबालिकाको चौतर्फी विकासलाई ध्यानमा राखीएको बताईन् । कार्यक्रममा विद्यालयका सञ्चालक उपाध्यक्ष रोशन श्रेष्ठ, समिति सदस्यहरु, अभिभावक, शिक्षक÷शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
