IMG-LOGO

कांग्रेस खानीखोला–काठमाडौं सम्पर्क समितिको अन्तरक्रिया सम्पन्न

 मंगल, माघ १४, २०८२  --

       प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी तिब्ररुपमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले विभिन्न गतिविधि अघि बढाएको छ । प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरेलगत्तै कांग्रेसले विभिन्न भेला, बैठक, बहस पैरबी अन्तरक्रियालाई तीव्रता ढङ्गले अघि बढाउने छ । शनिबार काठमाडौँमा नेपाली कांग्रेस खानीखोला–काठमाडौँ सम्पर्क समितिले अन्तरक्रिया गरेको छ ।

       कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गणेश लामाले पार्टी एक ढिक्का भएको भन्दै कांग्रेस र यसको उम्मेदवारलाई जिताउन सबै आफ्नो ठाउँमा लाग्नुपर्ने बताए । जिल्ला उपसभापति रमेश प्रसाद हुमागाईंले नेपाली कांग्रेस काभ्रेपलाञ्चोक दुवै निर्वाचन क्षेत्रमा जित हाँसिल गर्ने गरी लागिरहेको बताए ।

       पार्टी जिल्ला सचिव समेत रहेका प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तानले खालीखोलाको विकास र समृद्धिको लागि निरन्तर लाग्ने जनाउनुभयो । महासमिति सदस्य सार्कीमान बल ले खानीखोलाबाट काठमाडौँका विभिन्न स्थानमा पेशा व्यवसायका लागि आएका नगरेको समस्या समाधानलाई सदैव तयार रहेको बताए । नेपाली कांग्रेस खानीखोलाका सचिव क्षेत्र वाईवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जति सक्दो धेरै मत दिन सबै लाग्नुपर्ने बताए ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्