IMG-LOGO

काभ्रे क्षेत्र नं. १ मा १८ र २ मा २४ जनाको उम्मेदवारी

 मंगल, माघ १४, २०८२  --

 

       प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ र २ मा ४२ जनाले गत माघ ६ गते उम्मेदवारी दर्ता गरेका छन् । ४२ मध्ये एक अन्य, ३ महिला र ११ जना स्वतन्त्र छन् । २५ जना जनजाती तर्फका उम्मेदवार छन् भने दलित तर्फका उम्मेदवार छैनन् । आगामी फागुन २१ गतेको निर्वाचनमा ४२ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नम्वर १ मा १५ दल र ३ स्वतन्त्र ३ गरी १८ जना प्रतिस्पर्धामा छन् भने निर्वाचन क्षेत्र नम्वर २ मा १६ दल, ८ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये क्षेत्र नम्वर २ मा दुईवटा दल र एक जना स्वतन्त्र गरी ३ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । बुधबार सम्म आयोगमा उम्मेदवार विरुद्ध उजुरी दिने तालिका थियो । जिल्लाका कुनै उम्मेदवारका विरुद्ध उजुरी दर्ता भएन । अन्तिम नामावली प्रकाशन राजनीतिक दल र दलका उम्मेदवारले चुनाव चिन्ह प्राप्त गरेका छन् ।

    क्षेत्र नम्बर १ मा अन्य समुहबाट एक जना प्रतिस्पर्धामा छन् । काभ्रेपलाञ्चोक जिल्लाबाट २ जना अन्य मतदाता सूचीमा छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार स्वतन्त्र उम्मेदवार ११ जना छन् । यो पटक पनि दलित उम्मेदवार प्रतिस्पर्धामा छैनन । जनजाती तर्फबाट २५ जना उम्मेदवार छन् । निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेबाट अमित लामा, नेपाली काँग्रेसबाट गुणराज मोक्तान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ, नेशनल रिपब्लिक नेपालका तर्फबाट भरत तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै मंगोलनेशनल अर्गनाईजेशनका तर्फबाट कमलबहादुर लामा, समाबेसी समाजबादी पार्टीबाट विनोद लामा (अन्य) ले उम्मेदवारी दर्ता गराएका छन् । जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेकपा माओवादी विप्लव समुहबाट कान्छा तामाङको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राजेश श्रेष्ठ, युवराज चौलागई, जीवन लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

     निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा एमालेबाट अशोक ब्याञ्जु, नेपाली काँग्रेसबाट मुध आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जिव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैंजु, नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेशनल रिपब्लिक नेपालका तर्फबाट सुकमान तामाङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनका तर्फबाट उमेश तामाङले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टंकबहादुर लामाको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशिल लोकतान्तित्रक पार्टीबाट रमेशबहादुर घर्ति क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ, सीताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्