IMG-LOGO

जनमुखी बचत ऋण सहकारी संस्थाको अध्यक्षमा न्यौपाने

 मंगल, माघ १४, २०८२  --

       धुलिखेल, जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. धुलिखेल–८ को १८ औ साधारण सभा संस्थाका अध्यक्ष उद्धबप्रसाद बडालको सभापतित्वमा शनिबार सम्पन्न भयो । उक्त साधारण सभाले नयाँ संचालक समिति निर्वाचित गरेको छ।रमेशप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति निर्वाचित गरेको हो।उपाध्यक्ष कृष्ण बहादुर भुजेल, सचिव गणेशप्रसाद बडाल, कोषाध्यक्ष पारवती केसी र सदस्ययहरुमा जानुका चौलागाईं, चादनी चौलागाईं, प्रल्हाद बडाल, रामहरि बडाल र राजकुमार तोलाङ्गे रहनुभएको छ । दामोदर बडालको संयोजकत्वमा नवराज हुमागाई र प्रतिमा  बडाल रहेको लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । संचालक समिति सदस्य गणेशप्रसाद बडालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव रमेशप्रसाद बडालले प्रगति प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रस्तुत र कोषाध्यक्ष रमेशप्रसाद न्यौपानेले आ.व. २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गर्नु भयो । ३१ लाख ४८ हजार ६०० शेयर पुंजी रहेको संस्थाको कारोबार २ करोड ६४ लाख ४ हजार ५३८ रहेको छ । २ करोड २१ लाख ६३ हजार २ सय ९८ बचत निक्षेप, १ करोड ६३ लाख ३१ हजार २ सय ९ ऋण लागनी गरी ४५ हजार ५ सय ४ करपछिको नाफा कमाएको छ । व्याज आम्दानी १९ लाख ७१ हजार ४ सय ४० र व्याज खर्च १८ लाख ९९ हजार ९ सय ६५, सम्पती जाय जेथा १७ लाख ४६ हजार २ सय ३६ रहेको छ । साधारण जगेडा कोष ५ लाख ८८ हजार ७ सय ५२ रहेको छ । अन्य कोष १ लाख २९ हजार ५ सय ९५ रहेको छ । कोषाध्यक्ष रमेशप्रसाद न्यौपानेले आगामी वर्षको ३० लाख ४४ हजार वार्षिक बजेट पेश गर्नुभएको थियो ।

उत्कृष्ट शेयर खरिद, बचत, ऋणी र एसइई सम्मान

       उक्त १८ औं साधारण सभामा उत्कृष्ट बाल बचतकर्ता युनिक अधिकारी, उत्कृष्ट शेयर खरिद कर्ता उद्धवप्रसाद बडाल, उत्कृष्ट बचत कर्तामा छविलाल दाहाल र उत्कृष्ट ऋणीमा शिवप्रसाद खनाललाई सम्मान गरेको छ । जनमुखी सकोसका शेयर सदस्यका छोराछोरी मध्ये एसईई परीक्षामा समुदायिक विद्यालय तर्पm सरस्वती माविबाट उत्कृष्ट जीपीए ल्याउने एलिना लिमल्सिना र संस्कृत विद्यालयका रानी पोखरीमा अध्ययनरत छात्र सन्देश बडाललाई सम्मान गरेको छ ।

       निर्वाचन उप समिति संयोजक (अधिकृत) साधुराम बडाल र सदस्यहरु कृष्णप्रसाद शर्मा र शिव चौलागाईंले नयाँ निर्वाचित टिमको घोषणा गर्नु भएको थियो । कार्यक्रमको संचालन ब्यवस्थापक नवराज बडालले गर्नुभएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्