IMG-LOGO

बखुण्डोल बुद्ध पार्कमा सोनाम ल्होसार कार्यक्रम

 मंगल, माघ ७, २०८२  --

 

     धुलिखेल– ४ मा रहेको बखुण्डोल बुद्ध पार्कमा विविध सांस्कृतिक कार्यक्रम सहित सोनाम ल्होछार कार्यक्रम सोमबार सम्पन्न भएको छ । प्रमुख अतिथि धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले विविध सांस्कृतिक महत्त्व भएको नेपाल र नेपालीको इतिहास जोडिएकाले ल्होछारको संरक्षण र प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो । २८६२ औ मञ्जुश्री सम्वत ता (घोडा) ल्हो सोनाम ल्होछार कार्यक्रमका अध्यक्ष एवं आयोजक बखुण्डोल बुद्ध पार्कका अध्यक्ष सत्यमान लामालेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, धुलिखेल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष उत्तमप्रसाद तिमल्सिना, धुलिखेल नगरपालिका पुर्व उपप्रमुख विमला शर्मा चौलागाईं, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । चर्चित कलाकारहरुले बृहत सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन समेत प्रदान गरेका थिए ।

 

 

 

लागु औषध र हतियार सहित दुई पक्राउ

     मण्डनदेउपुर –७ नौबिसेबाट १ थान भरूवा बन्दुक सहित एक जना बिहिवार पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–१ घर भएका ३२ वर्षीय सुजन तामाङलाई .प्र ०३–००७ प ९२९७ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो । उक्त सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी अवैध लागूऔषध सहित बनेपा –८ कोलनीबाट २४ वर्षीय सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रित लागूऔषध ट्रामाडोल ७० पत्ता सहित सोही ठाउँ डेरा गरी बस्ने पनौती नगरपालिका–२ घर भएका तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्