माघ १ गते मनाउँदै आएको राट्रिय योग दिवस पंतजली योग समिति काभ्रे, महिला पंतजली योग समिति र युवा नेपाल काभ्रेले सप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरी आयोजना गरी मनाईएको छ । जस् अनुसार माघ १ गते पहिलो दिन पंतजली योग केन्द्रको काभ्रे जिल्ला भरीका ७५ वर्ष भन्दा माथिका नियमित योग गर्ने ४० जना बृद्धा योग साधक साधिकाहरुलाई सम्मान गरिएको थियो ।
पंतजली योग समिति बनेपाको दिव्य हलमा आयोजना गरिएको सम्मान कार्यक्रमको पानसमा द्धिप प्रज्वलित गरी बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कंचन चन्द्र बादेले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि बादेले अहिलेको समयमा स्वस्थ्य जीवन जीउन दैनिक योग साधना अपरिहार्य बन्न गएको र बनेपा लगायत काभ्रे जिल्लानै योग प्रति आर्कषण बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा विशिष्ट अतिथी पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले नेपालमा राजनीतिक नेताहरुले पनि योग ध्यान अभ्यास गर्नुपर्ने र यसले गर्दा देश विकास तर्फ सकारात्मक योगदान गर्न सकिने बताउनुभयो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले दैनिक योग अभ्यासको साथै आहार–व्यवहारमा पनि परिवर्तन ल्याए स्वस्थ जीवन जीउन सकिने बताउनुभयो । महिला पंतजली योग समितिका अध्यक्ष ईन्दिरा तौजलेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व पंतजली योग समितिका का.वा. अध्यक्ष मोहन कृष्ण श्रेष्ठले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन युवा समिति नेपालका अध्यक्ष रमेश श्रेष्ठले गर्नुभएको र कार्यक्रमको संचालन महामन्त्रीद्धय स्याम कुमार श्रेष्ठ र लक्ष्मी उलकले गर्नुभएको संचार प्रभारी मिलनभक्त श्रेष्ठले जानकारी दिनुभयो । यसै गरी दोस्रो दिन दिव्यहल बनेपामा १०८ राउण्ड सूर्य नमस्कार गरी र तेस्रो दिन श्री श्रृष्टिकान्त योग साधना केन्द्र, लोकेश्वर योग साधना केन्द्र, पाचदेवल योग साधना केन्द्र, ठुलाचौर योग साधना केन्द्र, चामुण्डा देवी योग साधना केन्द्र, राधाकृष्ण योग साधना केन्द्र र काशी भन्ज्याङ्ग योग साधना केन्द्र नालाको संयुक्त आयोजनामा करुणामाई मन्दीरबाट बनेपा न.पा. को बासुकी नाग योग जागरण ध्यान सम्म पदयात्राको आयोजना गरिएको थियो । जिल्लाभरका ७०० जना भन्दा बढी योग साधन साधिकाहरु सहभागीता रहेको उक्त पदयात्राको शुभारम्भ कार्यक्रममा बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले पंतजली योग समितिले आमायाङ्ग्री पदयात्रा, गोसाईकुण्ड पदयात्रा र अहिलेको पदयात्रा कार्यक्रम आयोजना गरी जिल्लामा योग जागरण बढाएको बताउनुभयो । सो अवसरमा चामुण्डा योग साधना केन्द्रका संयोजक नारायणकृष्ण श्रेष्ठ, बडाअध्यक्ष स्यामसुन्दर श्रेष्ठ, महिला पंतजली समितिका अध्यक्ष ईन्दिरा तौजले, पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले पदयात्राको लागि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैगरी बनेपाको दिव्य हलमा हवन÷यज्ञ गरिएको थियो भने अन्तिम दिनमा बनेपाको चारदोवाटोमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रमको शुभारम्भ पंतजली योग समितिका बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले गर्नुभएको कार्यक्रममा रक्तदान प्रभारी सहदेव श्रेष्ठले स्वागत मन्तव्य र पंतजली योग समितिका अध्यक्ष प्रकाश कायष्ठ, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ, नि.व. अध्यक्ष हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ, ईन्दिरा तौजले, पूर्व अध्यक्ष अञ्जना श्रेष्ठ, उपाध्यक्ष कमला राजभण्डारी, महामन्त्री लक्ष्मी उलक, स्यामकुमार श्रेष्ठ, युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठ लगायतका पदाधिकारीहरु र योग साधक साधिकाहरुको उल्लेखनिय उपस्थित रहेको कार्यक्रममा जम्मा २५ जनाले रक्तदान गर्नुभएको संचार प्रभारी मिलनभक्त श्रेष्ठले बताउनुभयो ।
