धुलिखेल अस्पतालले विगत लामो समयदेखि गुणस्तरिय स्वास्थ्य सेवा दिइँदै आएको छ । धुलिखेल अस्पतालको आफ्नै उत्पादन स्याहार मार्फत् जाडो मौसमलाई दृष्टिगत गरी छाला सम्बन्धी थप स्किन केयर प्रडक्टहरु बजारमा ल्याइरहेको छ । यही परिप्रेक्ष्यमा यही माघ ७ गते धुलिखेल अस्पताल परिसरमा र माघ ९ गते ललितपुर पुल्चोक स्थित लबिम मलमा स्किन केयर एक्सपो गरिन लागेको धुलिखेल अस्पतालका चिफ अफ मिडिया एन्ड कम्युनिकेशन्स प्रा. डा. सुमन राज ताम्राकारले जानकारी गराउनु भयो । यस स्याहार कम्पनीबाट उत्पादित छाला सम्बन्धी उत्पादनहरू मुख्यतया जडीबुटी एवं रैथाने वनस्पतिहरूबाटै तयार पारिएको हुनाले निकै पृथक रहँदै आएको छ । यी उत्पादनहरू अन्तर्राष्ट्रिय स्तरका छन् । छाला तथा यौन रोग विशेषज्ञ चिकित्सकहरूका अनुसार धुलिखेल अस्पतालको स्याहार प्रोडक्टहरू उत्पादित सबैजसो उत्पादनहरू गुणस्तरको हिसाबले मानवीय छालामैत्री हुँदै आएको छ । र, भारतीय तथा अन्य व्यावसायिक कम्पनीका प्रडक्टहरुभन्दा स्याहार कम्पनीका प्रोडक्टहरू मूल्यको हिसाबले र गुणस्तरको हिसाबले निकै किफायती र राम्रो रहँदै आएको छ ।
यस स्याहार कम्पनीको अर्को विशेषता के छ भने यी छालाजन्य उत्पादनका लागि स्थानीय कृषकहरुबाट पनि कच्चा कृषि सामाग्रीहरु संकलन गरिँदै समुदायमा रहेका महिलाहरूको आत्मनिर्भरतामा बल पुग्दै आएको छ । त्यसैकारण पनि सेवाग्राही एवं खरिदकर्ताहरूले यी प्रोडक्टहरु खरिद गरेको खण्डमा अप्रत्यक्ष रुपमा नेपालकै दिदीबहिनीहरू लाभान्वित हुनेछ ।
स्याहार कम्पनीका एडमिनिस्ट्रेटिभ अफिसर सचिन माकजूका अनुसार ’यस उत्पादनहरूको बिक्री पश्चात् संकलित रकम धुलिखेल अस्पताल एवं यसका आउटरिच सेन्टरहरुमा आउने गरिब एवं आर्थिक हिसाबले विपन्न नागरिकहरूको स्वास्थ्य उपचारमा खर्च गरिनेछ । यी उत्पादनहरूमा जनावरजन्य कुनैपनि वस्तु मिसाइएको छैन । र, उत्पादनको क्रममा कुनैपनि जनावरमा परीक्षण गरिएको तथा जनावरलाई दुःखकष्ट दिइएको तथा नकारात्मक असर पुर्याइएको छैन । नितान्त वनस्पतिमा आधारित उत्पादन भएकोले मानव मैत्री त छ नै । यी प्रोडक्टहरु वनस्पतिमा आधारित एवं जडिबुटीयुक्त छन् । यही एक्सपो दौरान २०% छुटको व्यवस्था गरिएको छ । त्यसैले स्किन केयर एक्सपोको क्रममा माघ ७ गते धुलिखेल अस्पताल परिसरमा र माघ ९ गते ललितपुर स्थित लबिम मलमा आई स्याहार कम्पनीबाट उत्पादित छालाजन्य उत्पादनहरु खरिद गर्नका लागि अनुरोध छ ।’
धुलिखेल अस्पतालका चिफ अफ ट्रेनिङ डिभिजन प्रा. डा. अन्जना डंगोलका अनुसार’ बालबालिका, किशोर किशोरी, गर्भवती महिला र वयस्क महिला एवं पुरुषका लागि यी उत्पादनहरु छुट्टाछुट्टै छन् । र, मोइस्चराइजर, फेसवास, सिरक, साबुन, सन ब्लक, लिप काम, स्याम्पु, फुट क्रिम, बडी क्रिम गरि विभिन्न क्याटेगोरीका छन् ।’
