IMG-LOGO

कर्माचार्य समाज बनेपाको गोष्ठी

 मंगल, माघ ७, २०८२  --

 

     बनेपा, बनेपा पार्टी भेन्यूमा कर्माचार्य समाज बनेपा नगर समितिको आयोजनामा एक दिवसीय कर्माचार्य समाज परिचयात्मक गोष्ठी कर्माचार्य समाज बनेपा नगर समितिको अध्यक्ष हर्षनारायण कर्माचार्यको सभापतित्वमा र कर्माचार्य समाज केन्द्रीय कार्यसमितिको बरिष्ठ उपाध्यक्ष सिध्दिबहादुर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कर्माचार्य समाज बनेपा नगर समितिको सचिव पुनमाया कर्माचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको छ । कार्यक्रममा कर्माचार्य समाज बनेपा नगर समितिको उपाध्यक्ष सुनिल कर्माचार्यले स्वागत मन्तब्य दिनु भएको थियो । कर्माचार्य समाज प्रकाशन समितिका सदस्य गंगा कर्माचार्य पौडेल, कर्माचार्य समाज केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला उपाध्यक्ष किरण कर्माचार्य र नाटककार राजेन्द्र रिमाल त्रयले आफ्नो प्रस्तुतिहरु सारगर्भित ढंगले प्रस्तुत गर्नु भयो । कर्माचार्य समाज काभ्रे जिल्लाका कोषाध्यक्ष पूर्णबहादुर कर्माचार्यले ब्राह्मण, जोशी र कर्माचार्य त्रिदेव हुन भनी ब्याख्या गर्नुभयो र कर्माचार्यहरुले दीक्षा लिनु पर्नेमा जोड दिनु भएको थियोे । कर्माचार्य समाजका अग्रज समाजसेवी धनराज कर्माचार्यले कर्माचार्यहरुले राणाकालमा उपत्यका छोडी दुर दराजका गाउँबस्तीहरुमा किन जानु परेको सो बारे ऐतिहासिक जानकारी प्रस्तुत गर्नु भएको थियो । बरिष्ठ उपाध्यक्ष सिध्दिबहादुर कर्माचार्यले कर्माचार्य नेपालमा कसरी आए ? जयस्थिति मल्लको जातीमाला ब्यवस्था अन्तर्गत पूजा, अनुष्ठान, कर्मकाण्डको जिम्मा दिई नेवार समुदायको बर्गीकरणमा ‘क’ श्रेणीको दर्जाले सम्मान गरेको, कर्माचार्यको बिधान, काभ्रेमा ३ नगर समितिहरु गठन भएको, २०८२ चैत्र २१ गते पोखरामा हुने दोश्रो राष्ट्रिय सम्मेलनमा भाग लिनको आह्वान, प्रतिनिधि र पर्यबेक्षक हुने प्रावधानहरु आदि मार्ग दर्शन गर्नु भएको थियो । सभापति हर्षनारायण कर्माचार्यले कर्माचार्यको आदर्श, महानता आदि बारे चर्चा गर्नु भएर सहयोगी सरोकार सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्