बनेपा ५ मा रहेको बहुप्राविधिक शिक्षालयका भवन तथा शिक्षालयलले चर्चेको जग्गा नगरपालिका मातहत ल्याउने सम्बन्धी विशेष प्रस्ताब सर्बसम्मतिले पारित भएको छ ।बुधबार बनेपा नगरपालिकाको १७ औ नगर अधिबेशनमा उक्त प्रस्ताव पारित गर्दै नगर प्रमुख शान्तिरत्न शाक्यले चाडै नै उक्त संरचना नगरको स्वामित्वमा रहने बताउनुभयो ।सभाले कृषि ब्यबसाय प्रर्वद्धन ब्यबस्था गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक र ब्यबसाय कर सम्बन्धी विधेयक २०८२ समेत पास गरेको छ । भदौ २३ र २४ गते जेन– जि आन्दोलनका क्रममा तोडफोड तथा आगजनी हुँदा ८ करोड २२ लाख ४९ हजार बराबरको सम्पत्ति र १४ लाख ६० हजार बराबरको सामान पुर्ण रुपमा जलेर नष्ट भएको नगर प्रमुख शाक्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक आम्दानी १ अर्व २२ करोड ३६ लाख ५५ हजार अनुमान गरिएकोमा ६ महिनामा ५१ करोड ५८ लाख ७८ हजार प्राप्त भई कुल आम्दानी ४२.८ प्रतिशत रहेको जनाएको छ । त्यसै गरी चालु खर्च ३५.८३ प्रतिशत, पूजिंगत खर्च ११.५१ प्रतिशत र कुल खर्च २६.३ प्रतिशत खर्च भएको अधिबेशनमा वताईएको थियो ।
नगरले कृषि, सहकारी, सामुदायीक विकास, रोजगार, स्वास्थ्य, लैङ्गिक हिंसा बिरुद्धका कार्यक्रमहरु सञ्चालन भइरहेको बताईएको छ । नगर उप प्रमुख विमला सापकोटा दाहालले न्यायिक समितिमा १९ वटा उजुरी परेको, अदालतमा विचाराधीन रहेको ११ वटा फैसला भएको उल्लेख गर्नुभयो । अधिबेशनमा न्यायिक समितिको प्रतिबेदन संयोजक विमला सापकोटाले, आर्थिक विकास समितिको प्रतिबेदन संयोजक तथा ३ नम्बर वडा अध्यक्ष रमेश दाहालले, सामाजिक विकास समितिको प्रतिबेदन संयोजक तथा १० नम्बर वडा अध्यक्ष चन्द्र बहादुर खड्काले, भौतिक पुर्वाधार समितिको प्रतिबेदन संयोजक तथा ४ नम्बर वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले, लेखा समितिको प्रतिबेदन संयोजक तथा ७ नम्बर वडा अध्यक्ष हिटलर शाक्यले, विधायन समितिको प्रतिबेदन संयोजक तथा ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारीले, शुसासन समितिको प्रतिबेदन संयोजक तथा ८ नम्बर वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले, बन बाताबरण तथा विपद समितिको प्रतिबेदन सदस्य तथा ९ नम्बर वडाकी कार्यबाहक अध्यक्ष मनिषा तामाङले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पोषण लामीछाने, नगर सभा सदस्यहरु, विभिन्न शाखाका कमर्चारीहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।
