IMG-LOGO

बनेपा फुटबल एकेडेमीको विन्टर फुटबल क्याम्प

 मंगल, माघ ७, २०८२  --

     बनेपा फुटबल एकेडेमीले आयोजना गरेको १५ दिने विन्टर फुटबल क्याम्प शनिबार सम्पन्न भएको छ । पुस १९ गतेदेखि सञ्चालन भएको क्याम्पको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले खेलकुदले शारीरिक स्वास्थ्यसँगै अनुशासन, नेतृत्व र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । बनेपा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बलराम अधिकारीले वडा कार्यालय मार्फत विद्यालय–विद्यालय र बाल क्लबहरूसँग समन्वय गरी बालबालिकालाई खेल क्षेत्रमा सहयोग गर्न आफू तत्पर रहेको उल्लेख गर्नुभयो । बनेपा फुटबल एकेडेमीले आयोजना गरेको क्याम्पमा ८ वर्षदेखि १६ वर्ष उमेर समूहका ८४ जना बालबालिकाले सहभागिता जनाएको एकेडेमीका अध्यक्ष निरोज शाक्यले जानकारी दिनुभयो । समापन कार्यक्रममा खेलाडीहरूको सम्मान, प्रशिक्षकहरूको योगदानको कदर तथा कार्यक्रमबाट हासिल उपलब्धिबारे जानकारी गराइएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्