काभ्रेका अग्रज बामपन्थी नेता गोविन्दनाथ उप्रेतीको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा हिजो सोमबार निधन भएको हो । २ हजार २५ सालबाट राजनीतिमा होमिनु भएका उप्रेती नेकपा एमालेबाट लामो समय सम्म राजनीति गर्नुभएका उहाँ पूर्व श्रम राज्यमन्त्रीसमेत हुनुभएको थियो । काभ्रेको भुम्लु गाउँपालिका स्थायी घर भएका पुराना कम्युनिष्ट सादगी नेता उप्रेती तीन पटक सांसद हुनुभयो । काभ्रेको कोशीपारी क्षेत्रको विकासका मानिनुहुथ्यो उप्रेती । हक्की र स्वाभिमानी स्वभावका उप्रेती जनताका समस्यालाई शिरोपर गर्ने नेता हुन् ।
उहाँ ०४८ र ०५१ सालका निर्वाचनहरुमा तत्कालिन काभ्रे क्षेत्र नम्बर ३ र ४ बाट एमालेका तर्फबाट उम्मेद्वार हुनुभयो । उहाँका प्रतिश्पर्धीमा नेपाली कांग्रेसबाट राजेन्द्र खरेल हुनुहुन्थ्यो । पछि ०५६ सालमा वामदेव गौतमले एमाले फुटाएर माले गठन गर्दा उप्रेती मालेमा लाग्नुभयो र चुनाव लड्नुभयो तर उहाँ पराजित हुनुभयो । त्यस यता उहाँले ०६४ सालको संविधान सभा निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वारी दिनुभएको थियो । पछिल्लो समय उहाँ फोक्सोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
