IMG-LOGO

मध्य पहाडी लोकमार्ग साइकल टोली विदुर नुवाकोटमा

 सोम, पौष २८, २०८२  --

               आफूलाई क्यान्सर लाग्दाखेरिको तितो पीडालाई सामथ्र्यमा परिणत गरि त्यसबेला उपचारको क्रममा भोगेको आर्थिक अभावबाट पाठ सिकी आगामी दिनमा क्यान्सर प्रभावित गरिब निसहायहरुलाई सहयोग गर्नका लागि क्यान्सर विजेता हर्क लामाको अगुवाइमा थालिएको १८०० किलोमिटर लामो मध्य पहाडी लोकमार्ग साइकल यात्रा अभियानको १२ औं दिन नुवाकोटको विदुरमा आइपुगेको छ ।

               यस साइकल यात्रामा लिड राइडरको रुपमा हर्क लामा हुनुहुन्छ भने उनलाई अर्को क्यान्सर विजेता एवं राइडर कविता चित्रकारले पनि साथ दिँदैछन् । अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ तारिख (पुस १७) को दिन पूर्वको चिवाभञ्ज्याङबाट थालिएको उक्त साइकल यात्रामा डा. विकास पराजुली लगायतका साइकल राइडरहरु पनि छन् ।

               एक महिना लामो यस साइकल यात्राको क्रममा शुरुवाती नौ दिन कोशी प्रदेशका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, दिक्तेल र उदयपुर हुँदै हिजो बागमती प्रदेश प्रवेश थियो । यस क्रममा शनिबार काभ्रेको दोलालघाट आइपुगेको टोली आइतबार सिन्धुपाल्चोकको मेलम्ची हुँदै हिजो विदुर आइपुगेको हो । आइतबार मेलम्ची नजिकै धुलिखेल अस्पतालको बाहुनेपाटी स्वास्थ्य केन्द्रमा प्राध्यापक डा सुमनराज ताम्राकारको नेतृत्वमा स्वास्थ्य शिविरका साथै क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना गरिएको थियो । सोमबार बाहुनेपाटीस्थित जाल्पा माविमा पनि क्यान्सर सचेतना कार्यक्रम गरिएको थियो । यी दुई ठाउँमा गरि करिब ३०० जना लाभान्वित भएको थियो ।

               धुलिखेल अस्पतालको सहकार्यमा साइकल कल्चर कम्युनिटीको आयोजना भएको उक्त साइकल यात्राको मुख्य उद्देश्य क्यान्सर प्रभावितका लागि कोष खडा गर्नुका साथै मध्यपहाडी लोकमार्गमा साइकल यात्रा गर्ने क्रममा ठाउँ ठाउँमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषयमा जनचेतना जगाउँदै हिँड्ने लक्ष्य पनि रहेको छ । यसका लागि धुलिखेल अस्पतालका प्राध्यापक डा सुमनराज ताम्राकारले नेतृत्व गर्दै आउनुभएको छ । उहाँले हालसम्म पाँचथर, तेह्रथुम, धनकुटा, दिक्तेल र सिन्धुपाल्चोकमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिसकेको बताउनुभयो । यी कार्यक्रमबाट करिब १००० स्कुले विद्यार्थीहरू एवं महिला दिदीबहिनीहरू प्रत्यक्षतः लाभान्वित भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्