IMG-LOGO

चण्डेश्वरी सृष्टिकान्तमा विद्यालयमा शैक्षिक प्रदर्शनी

 सोम, पौष २८, २०८२  --

               बनेपा नगरपालिका वडानम्बर ४ नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माविमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको शैक्षिक मेलामा कक्षा एकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुले ११२ वटा स्टलमा आफूले पढेका, देखेका र भोगेका विभिन्न चित्रहरु, सामानहरु, स्वास्थ्यसँग सम्बन्धित सामाग्री, विज्ञान सामाग्री, कम्प्युटरका बारेमा जानकारी, मौलिक भेषभुषा, पुराना हातहतियार, बाजागाजा, तरकारी तथा फलफूलदेखि ठेकी र मदानीसम्म राखेका थिए । विद्यार्थीहरुले आपूmले सिकेका विषयवस्तु अभ्यासगरी सिप प्रदर्शन गरेको कुरा विद्यालयका प्रधानाध्यापक श्याम पाण्डेले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख विमला सापकोटाले पनि प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

 

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्