IMG-LOGO

कालीदेवी माविको ४८ औं वार्षिकोत्सव

 सोम, पौष २८, २०८२  --

               श्री कालीदेवी मा.वि. को ४८ औ वार्षिकोत्सव तथा अभिभावक दिवसमा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । धुलिखेल नगरपालिका वडा नं. ३ का अध्यक्ष सामाजिक विकास समितिका संयोजक गणेश आचार्य, धुलिखेल नगरपालिका वडा नं ११ का वडाध्यक्ष नारायण प्रसाद बडाल, वडा नं ५ का वडाध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ, धुलिखेल नगरपालिका शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरी, पवित्रा कोइराला, भ्भ्ऋ का राजेन्द्र कर्माचार्य, पूर्व प्र.अ.हरु, छिमेकी विद्यालयका प्र.अ.हरु, अक्षयकोषदाताहरु, विव्यस, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, पूर्व विव्यस, वडा सदस्यहरु, समाजसेवीहरु, आमा समूह, विदाइ हुने शिक्षक तथा विद्यार्थीहरु, पूर्व विद्यार्थीहरु, शिक्षकहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयका प्राधानाध्यापक रञ्जीतकुमार राइले शैक्षिक स्तर विकासमा सामुदायिक विद्यालयले इटा थप्ने कार्य गरेको छ । यसमा कालीदेवी माविले सघाउँदै आएको बताउनुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्