IMG-LOGO

हिमाल साकोसको १८ औं साधारण सभा

 सोम, पौष २८, २०८२  --

               हिमाल बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–८ को १८ औं साधारण सभा शुक्रबार संस्थाका अध्यक्ष नारायण प्रसाद तिमल्सिनाको सभापतित्वमा तथा संस्थाका सल्लाहकार रमेशप्रसाद हुमागाइको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । संस्थाका सचिवले प्रगति तथा भावि कार्ययोजना, कोषाध्यक्षले आ.व. २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समितिका संयोजक प्रकाश तिमल्सिनाले लेखाप्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाकी संचालक सदस्य शान्ता शर्माका अनुसार हिमाल साकोस र बनेपाको उपहार साकोस बीच एकीकरण गर्ने र अन्य सहकारीसँग समेत संस्था एकीकरण गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदन गरेको बताउनुभयो । संस्थाकी उपाध्यक्ष एकीकरण उपसमितिको संयोजक शुभद्रा बजगाई तिमल्सिनाले चाडो भन्दा चाडो संस्था एकीकरण गरी गतिशिल बनाउने बताउनुभयो । उक्त साधारण सभाले नारायण प्रसाद तिमल्सिनाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । यस अघिपनि वहाँ नै अध्यक्ष हुनुहुन्थ्यो । प्रकाश तिमल्सिनाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्