IMG-LOGO

बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठानको दोश्रो सभा

 सोम, पौष २८, २०८२  --

 

               धुलिखेल । बहल्टारेश्वर आध्यात्मिक प्रतिष्ठान धुलिखेल–८ बडाल गाउँको दोस्रो साधारण सभा संस्थाका अध्यक्ष रामहरि बडालको सभापतित्व तथा वडा अध्यक्ष बिनोद गौतमको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ । संस्थाका सचिव गणेश बडालले प्रगति तथा कार्ययोजना र कोषाध्यक्ष सुनिता सापकोटाले आय÷ब्ययसहित लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । जन चेतना युवा समुहका अध्यक्ष रमेशप्रसाद न्यौपाने, संस्थापक अध्यक्ष उद्ववप्रसाद बडाल पूर्वअध्यक्ष साधुराम बडालले मन्दिर निर्माणमा सबैको एकता र साथ सहयोग आवश्यक रहेको बताउँदै निकट भविष्यमै मन्दिर निर्माण कार्यले पूर्णता पाउने बताउनु भयो ।

               प्रमुख अतिथी गौतमले धार्मिक आस्था सहयोगको भावनाले उत्साहका साथ जनचेतना सामाजिक संस्थाले अपन्त्व लिइ श्रीमद्भागवतबाट रकम संकलन भएको र धुलिखेल नगरपालिकाले गत वर्ष १० लाख बजेटबाट मन्दिर निर्माण प्रारम्भ भएको तथा चालु आर्थिक वर्षमा २० लाख बजेट बिनियोजित गर्न आग्रह गरिएको नगर प्रमुख अशोक ब्यान्जुले ६०÷४० को बजेट दिने वचन दिनुभएको कुरा बताउनु भयो । वडा अध्यक्ष गौतमले वडा कार्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।

               कार्यक्रममा संस्थाका संस्थापक सदस्य, आजीवन सदस्य र साधारण सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा इम्यानुयल बोर्डिङ स्कुल धुलिखेलका संचालक उदय भुषण जङ्गमले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन नवराज बडालले गर्नुभएको थियो । बहल्टारेश्वर मन्दिर निर्माणका लागि मलश्रोत तथा सिचाई डिभिजन काभ्रेबाट ९ लाख ४५ हजार १ सय ११ धुलिखेल नपा–८ कार्यालयबाट ४९ हजार त्यसैगरी श्रीमद भागवद आयोजना गरी संकलन गरेको रकमबाट नगरले दिएको रकममा ४० प्रतिशत रकमबाट मन्दिरको प्रारुप बनेको संस्थाको उपाध्यक्ष अच्यूद बडालले बताउनुभयो । संस्थालाई गतिशिल बनाउन आवश्यक पर्ने विधान सम्सोधन गर्ने भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्