IMG-LOGO

एमाले केन्द्रीय सदस्य अशोक काभ्रेको इन्चार्ज

 सोम, पौष २८, २०८२  --

               नेकपा एमालेले वागमती प्रदेश अन्तर्गत उपत्यकाका ३ जिल्लाबाहेक अन्य १० वटा जिल्ला कमिटीमा चुनावसम्मका लागि कामको संयोजन गर्न इञ्चार्जहरु नियुक्त गरेको छ । काभ्रे इन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य अशोक ब्याञ्जुले पाउँनु भएको छ । एमालेका वागमती प्रदेश अन्तर्गतका जिल्ला संयोजन गर्ने इञ्चार्जहरु रहनुभएको छ ः

               काभ्रेपलाञ्चोकमा अशोक ब्यन्जु, रामेछापमा माधव ढुङ्गेल, सिन्धुलीमा प्रदीप कटुवाल, सिन्धुपाल्चोकमा सुवास कर्माचार्य, धादिङमा भूमि त्रीपाठी, दोलखामा पार्बत गुरुङ्ग, नुवाकोटमा केशब पाण्डे, रसुवामा प्रेम तामाङ्ग, मकवनपुरमा रामेश्वर राना र चितवनमा देवी ज्ञवाली रहनुभएको छ । यस अघि एमालेका पोलितियूरो सदस्य गोकुल प्रसाद बाँसकोटा काभ्रेको इन्चार्ज हुनुहुन्थ्यो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्