धुलिखेल नगरपालिकाको नगर सभाको अठारौं अधिवेशन नगरका प्रमुख अशोक ब्यान्जुको अध्यक्षतामा सम्पन्न भएको छ । नगर सभामा आ.ब २०८२÷८३ को बजेट तथा कार्यक्रम संसोधन, भू–उपयोग वर्गिकरण सम्बन्धि प्रतिबेदन, कार्यपालिका बैठक, विभिन्न विषयगत समिति, पदपुर्ती लगाएत विषयगत विभिन्न समितिहरुले गरेका निर्णय अनुमोदन, नगरपालिकाको संगठन र व्यवस्थापन सर्वेक्षण बारे छलफल गरि सभामा निणार्यथ पेश गरिएको थियो ।
सभामा नगर उप प्रमुख निराजन जङ्गमले बजेट संसोधनको औचित्य बारे तथा प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले बजेट रकमान्तरको बारे सभामा प्रस्तुत गर्नुभएको थियो । भु–उपयोग वर्गिकरण सम्बन्धी २ नम्बर वडा अध्यक्ष अर्जुन न्यौपानले, सगंठन तथा ब्यबस्थापन सम्बन्धी वडा अध्यक्ष सन्तमान लामाले प्रस्तुत गर्नुभएको थियो ।
सभामा नगर प्रमुख ब्यान्जुले नगरले धुलिखेल स्वास्थ्य सहर, एक घर एक धारा, सडक संजारल विस्तार, सडक पिच, शैक्षिक गुणस्तर विकासमा उल्येखनीय कार्य गरेको बताउनुभयो । धुलिखेल नगरपालिकाले स्थानीय तहमा सबै भन्दा बेसी कानुन निमार्ण गरेको नगरप्रमुख व्याञ्जुले बताउनुभयो ।
