IMG-LOGO

देश र जनताको निःस्वार्थ सेवा गर्नु नै राजनीति हो ः सुवाल

 सोम, पौष २८, २०८२  – हरिनाथ न्यौपाने

               बनेपा, नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्नु नै राजनीति भएको बताउनुभएको छ । तेस्रो नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमलाई शनिबार  बनेपा–७ गाःबहःननीमा सम्बोधन गर्दै सुवालले सरकारमा गएका दलहरूले राजनीतिको नाममा पक्षपात, नातावाद, भ्रष्टाचार गरेको हुँदा त्यसको परिणाम बहुदल र गणतन्त्रको पैतीस वर्षयता देशलाई २८ अर्ब रुपैयाँ ऋणमा डुबाए, वर्षको १५ खर्ब रुपैयाँ भन्दा बढी व्यापार घाटामा पु¥याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘देश र जनताको निःस्वार्थ सेवा गर्ने राजनीति, साहित्यकार, कलाकार, पत्रकार, खेलाडि, विद्यार्थी र शिक्षक सबैले गर्नु जरूरी भएको छ । स्थानीय वरिष्ठ समाजसेवी तथा पूर्व जनप्रतिनिधि उद्धव तौजलेले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले तःमुंज्याले भाषा र साहित्यको माध्यमले जनताको भावना उजागर गर्ने सह्रानीय कार्य भएको बताउनुभयो ।

               साहित्यकार सूर्यप्रसाद लाकोजूले नेवार बस्तिहरू काठमाडौं, भक्तपुर, काभ्रे जिल्लामा बोलिने भाषामा एकरूपता नभएकोले आफ्नो ठाउँको भाषालाई प्राथमिकतामा राखेर प्रयोगमा ल्याउनु पर्ने धारणा व्यक्त गर्नुभयो । नेपालभाषा साहित्य तःमुंज्याका उपाध्यक्ष कृष्णकुमार वैद्यले साहित्य र कला मनोरञ्जनको साधन मात्र नभएको बताउँदै साहित्य, कला मानिसकै सिर्जना भएको हुँदा समाजमा आफुले देखेका भोगेका अवस्था साहित्य र कलामा प्रस्फुटन हुने गर्दछ । त्यसैले साहित्य र कला राजनीतिबाट अलग्ग हुँदैन भन्नुभयो । साहित्यकार एवं समाजसेवी शमशेरबहादुर न्हुच्छे प्रधानको सभापतित्वमा भएको कार्यक्रममा तःमुंज्याका अध्यक्ष सत्यनारायण श्रेष्ठले धन्यवाद ज्ञापन तथा कोषाध्यक्ष पुण्यशोभा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सम्मेलनमा कथा विधामा टीकाभक्त भोछिभोया प्रथम, सृष्टि डंगोल दोस्रो, श्रीया पहिजू तेस्रो र एल.के. सुन्दरले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कविता विधामा सकुन्तला महर्जन प्रथम, सिद्धिबहादुर कर्माचार्य दोस्रो, उत्सुक विजय तेस्रो र एन्जिलिना बासुकलाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । लेख रचनामा हर्षनारायण कर्माचार्य र मणिराज श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको सम्मेलनमा विविध भाषाका साहित्य र सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको नेपाल भाषा साहित्य तःमुंज्याका सचीव ओम प्रसाद मानन्धरले जानकारी दिनुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्