बनेपाको पशुपति बचत तथा ऋण सहकारी संस्था लिमीटेडद्वारा पिडित बचतकर्ताहरुलाई १५ दिने सुचना जारि भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले विहिबार सुचना जारी गर्दै पिडित बचतकर्ताहरुले पशुपति साकोसले ठगि गरेको भन्ने मुद्दामा अनुसन्धान भइरहेकोले बाँकी केहि पिडित बचतकर्ता भएमा सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, बचतबुक, भौचर तथा मुद्दति प्रमाणपत्र लगायतका कागजपत्र सहित जाहेरी दरखास्त दिन भनेको हो । पशुपति साकोसका व्यवस्थापक राजाराम सुकुपायो समेत सञ्चालक समितिका पदाधिकारीलाई कारवाही गरी ठगी गरेको रकम फिर्ता पाउ भनि मुद्दा दायर गरिएको थियो ।
