काभ्रे टाइम्स साप्ताहिकका विशेष सम्वाददाता एवं चेतना नेपाल (रेडियो एविसी)का शुभचिन्तक गोबिन्दप्रसाद मैनालीको ममतामयी माता दिपलक्ष्मी चिमौरिया मैनालीको २०८२ पुस २७ गते ९६ वर्षको उमेरमा असमयायिक निधन भएको छ । १९८६ मंसिर १६ गते जन्मनु भएकी स्व. दिपलक्ष्मीको आइतबार विहान ८ बजे निधन भएको परिवार श्रोतले जनाएको छ । दिपलक्ष्मीका ५ छोरा र दुई छोरी छन् । वहाँको पार्थीव शरिरलाई आइतबार पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । स्वर्गीय दिपलक्ष्मीप्रति काभ्रे टाइम्स र रेडियो एविसी परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
