IMG-LOGO

प्रहरी कर्मचारीको लडेर मृत्यु

 सोम, पौष २८, २०८२  --

               काभ्रे, खानिखोला गाउँपालिका २ खानिडाँडा स्थितमा प्रहरी चौकी श्यामपाटी काभ्रे, संचार दरबन्दी भई हाल प्रहरी चौकी फलामेटार काभ्रेमा कार्यरत बर्ष–३५ को प्रहरी हवल्दार रामकृष्ण खड्का (जिल्ला दोलखा शैलुङ गाउँपालिका ५ काटाकुटी वतन भएका) सुचना सङ्कलन तथा निर्वाचन प्रहरी भर्ना सम्बन्धी सुचना प्रवाहको लागि खटिएकोमा हिजो करीब ३ः३० बजेको समयमा गोरेटो बाटोबाट करिब २५ मिटर तल रोडमा लडि मृत अवस्थामा रहेको छ भनि स्थानियले देखि प्रहरी चौकी फलामेटारमा खबर प्राप्त हुनसाथ प्रहरी चौकी फलामेटारका प्रहरी जवान मुरारी झाको टोली र प्रहरी चौकी तालढुंगा काभ्रेबाट प्रहरी नायब निरीक्षक ईन्द्र बहादुर राउतको कमाण्डमा २ जनाको टोलि खटिई गई घटनास्थल सुरक्षित राखिएको र जिल्ला प्रहरी कार्यालय काभ्रेमा जानकारी गराएको, घटनास्थल मुचुल्का तथा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय देविटार काभ्रेबाट प्रहरी निरीक्षक मनराज बानियाको कमाण्डमा ५ जनाको टोलि र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट क्इऋइ सहितको टोलि खटिई गएको थप अनुसन्धानको कार्य भइरहेको । निज प्रहरी हवल्दार प्रहरी चौकी फलामेटारमा यही पुष ९ गतेबाट कार्यरत रहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्