काभ्रे धुलिखेल नगरपालिका वडा न. ७ सञ्जिवनी चोक स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे धुलिखेलको पुरानो भवन (हाल कामकाज नभएको) मा हाल निर्माणाधिन अवस्थामा रहेको तिन तले भवनको दोस्रो तल्लामा रहेको खुल्ला कोठामा हाल नामथर वतन नखुलेको अन्दाजी ४५ बर्षको पुरुष ब्यक्ति मृत अवस्थामा रहेको भन्ने खवर हिजो करिब १ बजे प्राप्त हुनासाथ उक्त स्थानमा घटनास्थल मुचुल्का तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठको कमाण्डमा प्रहरी सहितको टोली खटीई गएको मृतकको शरिरको बिभिन्न भागमा जलेको, घटनास्थल मुचुल्का गरी पोष्टमार्टम् को लागि धुलिखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
