IMG-LOGO

काभ्रेको मतदाता संख्या स्थानीय तहमा कहाँ कति ?

 मंगल, पौष २२, २०८२     रमेशप्रसाद न्यौपाने

       आगामी फागुण २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले निश्पक्ष धाँधली रहीत ढङ्गबाट निर्वाचन गर्न सरकार र सबै राजनीतिक दलसँग छलफल तिब्र पारेको छ । आयोगले निर्वाचनका लागि आगामी फागुण २० गते सम्म १८ वर्ष पुगेका मतदाताहरुको नामावली सार्वजनिक गरेको छ । राज्यभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता संख्या कायम रहेको छ । बागमती प्रदेशमा ३६ लाख ८२ हजार ३ सय १० मतदाता छन् । काभ्रे जिल्लामा २ वटा निर्वाचन क्षेत्र १३ वटा स्थानीय  तहमा ३ लाख २६ हजार ६ सय ११ मतदाता रहेको कुरा जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिनुभयो । पुरुष मतदाता १ लाख ६७ हजार ४ सय ९९ र महिला मतदाता संख्या १ लाख ५९ हजार १ सय १० कायम रहेको कुरा जिल्ला निर्वाचन काभ्रेका कम्प्यूटर अपरेटर नरेश मानन्धरले बताउनुभयो । २०७९ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जिल्लामा ३ लाख १० हजार ६३ मतदाता रहेका थिए । २०८२ फागुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १६ हजार ५ सय ४८ मतदाता थप भएका छन् । काभ्रे जिल्लामा दुईवटा निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ मा १ लाख ६१ हजार एक सय र प्रतिनिधि सभा क्षेत्र नं. २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता रहेका छन् ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्