चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप संस्थाको महिला बिकास उप समितिको संयोजक मनोहरी पोटेको संयोजकत्वमा आईतबार बनेपा लायकु चौर स्थीत लायकु योग साधना केन्द्र भवनमा निःशुल्क हाड जोर्नी तथा नशा सम्बन्धि परिक्षण शिविर सम्पन्न भयो । बनेपा भैसेपाटि स्थीत स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको प्रविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो । स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र मार्फत ३ जना बिशेषज्ञ डाक्टर, २ जना फिजियोथेरापीस, १ जना मनोबैज्ञानिक बिशेषज्ञ सहितको ९ जनाको टोलीमार्फत सो निःशुल्क परिक्षण सेवा प्रदान गरिएको हो । शिविर मार्फत १४१ जना व्यक्तिहरुले आफ्नो श्वास्थ्य परिक्षण गरिएको कुरा कार्यालय प्रमुख रविन्द्र पोटेले जानकारी दिनुभयो । शिविरमा उपस्थीत सम्पुर्ण व्यक्तिहरुलाई निःशुल्क रुपमाबिशेषज्ञ मार्फत हाड जोर्नी दुखाई, नशा सम्बन्धिको समस्या, माशंपेशीदुखाई, मेरुडण्डको चोट, मष्टिक चोट, मष्टिक पक्षघाट सम्बन्धि परिक्षण तथा परामर्श गरियको थियो साथै फिजियोथेरापी सम्बन्धी परामर्श सेवा, मनोबैज्ञानीक परामर्श तथा आवश्यक औषधिहरु प्रदान गरिएको थियो । स्पाईनल इन्जरी पुनस्र्थापना केन्द्रका मेडिकल डाईरेक्टर डा. राजु ढकालज्यूले कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकोमा सम्पुर्णमा धन्यबाद तथा बधाई दिनुभएको थियो साथै बनेपा भैसीपाटि स्थीतकेन्द्रमा मेरुडण्ड भाँचेको, मष्टिक पक्षघाट आदि सम्बन्धि बिशेष समस्या भएका बनेपाबासीहरुलाई उपचारमा बनेपा नगरपालीका सँगको सहकार्यमा रु एक लाख सम्मको छुट सुबिधा रहेको जानकारी पनि दिनुभयो । संस्थाका अध्यक्ष नबिन भक्त बादे श्रेष्ठ मार्फत प्राविधिक सहयोगी स्पाईनल इन्जरी पुनस्र्थापना केन्द्र र कार्यक्रम संचालन गर्नका लागी स्थान उपलब्ध गराईदिनु भएको लायकु योग साधनाकेन्द्रलाई बिषेश धन्यबाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको अवसरमा ऋण तथा अर्थ व्यवस्थापन उप समितिको संयोजकत्वमा सदस्यहरुलाई लक्षित गरी ऋण परामर्श कार्यक्रम पनि संचालन गरिएको थियो । ऋणको आवश्यकता, महत्व, प्रयोग तथा फाईदा सम्बन्धि सदस्यहरुलाई परामर्श प्रदान गरिएको थियो ।
