IMG-LOGO

तथ्याङ्क समन्वय काभ्रे र संचारकर्मी बिच अन्तरक्रिया

 मंगल, पौष २२, २०८२  --

       तथ्याङ्क दिवस २०८२ को अवसरमा जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तथ्याङ्क समन्वय अधिकारी दिपक कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपाने प्रमुख अतिथि हुनुहुन्थ्यो ।

       प्रमुख अतिथि न्यौपानेले तथ्याङ्क राज्य सञ्चालनको मेरुदण्ड भएको उल्लेख गर्दै आधिकारिक, विश्वसनीय र समयसापेक्ष तथ्याङ्कले पारदर्शी शासन र जवाफदेही जनउत्तरदायी प्रशासन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।  कार्यक्रममा कार्यालयका कर्मचारीहरूको योगदानको कदर गर्दै सुपरिवेक्षक सन्तोष कार्की र कार्यालय सहयोगी खड्गबहादुर भुजेललाई सम्मान गरिएको थियो ।

       कार्यक्रममा आधिकारिक तथ्याङ्क, पारदर्शी शासन भन्ने नारासहित तथ्याङ्क दिवस मनाइएको थियो । तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा आअयोजित कार्यक्रममा तथ्याङ्क उत्पादन, व्यवस्थापन र प्रयोगमा ध्यान केन्द्रीत गरी सरोकारवालासँग समन्वय गर्नुपर्ने जनाइएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्