लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल पे्रmण्ड्सले नुवाकोट विकट पंचकन्या गाउँपालिका ४ अन्र्तगत थप्रेकस्थित श्री भूमेस्थान आधारभूत विधालयका विधार्थीहरुलाई क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकार र सचिव नारायण बस्नेतद्धारा न्यानो कपडाहरु, स्टेशनरीका सामग्रीहरु तथा जुत्ताहरु सहयोग गरिनुका साथैं स्थानीय बालबालिकाहरु तथा गाउँलेहरुलाई न्यानो कपडाहरु समेत वितरण गरिएको डिष्ट्रिक चिफ कर्पोरेट कम्युनिकेशन लायन रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको सर्बै व्यवस्थापन निकैं चर्चित नेपाली टेलिसिरियल हर्के हवल्दारका निर्देशक इन्द्र तामाङ, खम्बेले मिलाएका थिए भने सबैं कलाकारहरुको उपस्थिती रहेको र सबैंको सहयोगले निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताउनुभयो ।
