IMG-LOGO

समुन्नत पाठशालाको ८ औं वार्षिकोत्सव

 मंगल, पौष २२, २०८२  --

       समुन्नत पाठशाला बनेपाको आठौँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम पाठशाला ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष कमल बहादुर रायको सभापतित्व र काठमाडौँ विश्व विद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । काभ्रे जिल्ला प्याब्सनका अध्यक्ष श्याम भुजेलज्यूको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, धुलिखेल नगर प्याब्सनका अध्यक्ष, धुलिखेल नगरपालिका शिक्षा शाखाका प्रतिनिधि, अटल पाँचकुण्ड सहकारीका उपाध्यक्ष लगायत बनेपा र धुलिखेल नगरका बिद्यालयका प्रिन्सिपलज्यूहरू आतिथ्यता र अभिभावक तथा बालबालिकाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम काठमाडौँ विश्वविद्यालयको सिभी रमन हलमा सम्पन्न भएको छ ।

       प्रिन्सिपल अनिता आचार्यले पाठशालाको वर्तमान अवस्था दर्शाउँदै स्वागत मन्तव्य दिनु भएको थियो । स्वागत मन्तव्यका क्रममा हालसम्म १३० जना बालबालिकाहरु दिक्षित भई अन्य विद्यालय जानु भएको र हाल १७ जना कर्मचारी र १३० जना बालबालिका रहेको जानकारी गराउनु भएको थियो । शिक्षकहरूको स्वागत नृत्यबाट सुरू भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अच्युत वाग्लेज्यूबाट धुलिखेल नगरपालिका वडा नं. ४ को एकमात्र पूर्व प्राथमिक विद्यालय भएकोले विश्व विद्यालयले आवश्यक सहयोग गर्ने जानकारी दिँदै बालबालिकाहरुलाई मोबाइलबाट टाढा राखी संस्कार युक्त शिक्षा दिनु पर्ने कुरामा विशेष जोड दिनु भयो । त्यस्तै जिल्ला प्याब्सन काभ्रेका अध्यक्षले जिल्लामा उत्कृष्ट मन्टेश्वरी भएको र विगतमाभन्दा राम्रो प्रगति हुँदै गएकोमा खुशी व्यक्त गर्दै अझ प्रगतिका साथै अभिभावकहरूले आफ्ना बालबालिकाहरू प्रति गर्नु पर्ने व्यवहारका बारेमा बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा अभिभावकका तर्फबाट समुन्नत पाठशालाले बालबालिकाको मानसिक, शारीरिक र बौद्धिक कुरामा विशेष जोड दिई संस्कारयुक्त शिक्षा दिएकोमा पाठशालाप्रति पूर्ण सन्तुष्ट भएको मन्तव्य दिनु भएको थियो । सञ्चालक मनुका अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रमा १५० जना अभिभावकहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्