चण्डेश्वरी जंगल तथा १६ सय सिंँढी, गोसाईस्थान क्षेत्रमा घुम्न आएका आन्तरिक र बाह्य पर्यटकहरुलाई आपूm प्रहरी भएको बताउँदै लुटपाट गर्ने गिरोहका दुई सदस्यलाई चण्डेश्वरी प्रहरी चौकीको प्रहरी टोलीले पक्राउ गरेको छ ।
शुक्रबार जंगलमा घुम्न गएका युवा युवतीहरुलाई नियन्त्रणमा लिएर लुटपाट गर्ने क्रममा ति दुई युवालाई प्रहरीले खोजतलास गरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा बनेपा १३ का ३६ बर्षिय अर्जुन केसी र नमोबुद्ध ६ का ३० बर्षिय सिद्धार्थ लामा रहेका छन् । यिनीहरुले लामो समय देखि उक्त क्षेत्रमा आउने सवारी साधन रोकेर समेत लुटपाट गर्दै आएको पीडितहरुले बताएका छन् ।
सिद्धार्थ र अर्जुनले एक वर्ष अघि देखि आफुलाई प्रहरीका विभिन्न तह र निकायबाट खटिएको बताउँदै युवा युवतीहरुलाई नियन्त्रणमा लिदै लुटपाट गर्दै आएको घुम्न अएका आन्तरिक पर्यटकले प्रहरीलाई बताएको जनाएको छ ।
