IMG-LOGO

एविएम स्कुलमा विपद् व्यवस्थापन तालिम

 मंगल, पौष २२, २०८२  --

       आदर्श विद्या मन्दिर स्कुल (एबिएम) बनेपाले आफ्ना विद्यार्थी तथा अभिभावकहरूका लागि आगलागी,भूकम्प जस्ता विपद्हरूबाट बच्नका लागि आई.एस.ओ मापदण्ड अनुसार विभिन्न बिपद् व्यवस्थापन सम्बन्धी तालिम शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न गरेको छ । बिपद्को समयमा कसरी बच्न सकिन्छ भन्ने बिषयमा विज्ञ व्यक्तिहरुबाट तालिम प्रदान दिईएको थियो । स्कुलका कक्षाकोठा, होटल, सिनेमा हल, विभिन्न महलहरुमा केही गरी भूकम्प आएमा आफू कसरी सुरक्षित रहने र सावधानीपूर्वक सुरक्षित स्थानमा बस्न र घटना भएको स्थानमा कोही विद्यार्थी अभिभावक वा महानुभावहरू रहनुभएको भए उहाँहरुलाई उद्धार गर्नका लागि कसरी आफ्नो सक्रियता बढाउने, कस्तो भूमिका निर्वाह गर्ने साथै विपद् उद्धार टोलीलाई सम्पर्क गरि नम्बर र फायर भहतभल धष्तजभच कसरी प्रयोग गर्ने र आगोको गति नियन्त्रण गर्न कुन स्थानबाट कार्य सुरु गर्ने साथै घरमा ग्यास चुलो अन्य विद्युतीय सामग्रीहरुमा आगलागि भएमा सेफ्टी प्लान्टेड साइरन र अन्य सामग्रीहरूको उचित प्रयोग कसरी गर्ने भन्ने जानकारी र तरिका बारे यहि पौष १५–१६ र १७ गते अभ्यास गरिएको थियोे । यस्तै पौष १८ गते अभिभावक सहित अन्य सरोकारवालाहरूको निगरानीमा उक्त जनचेतनामूलक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको विद्यालयका संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्