IMG-LOGO

सञ्जीवनी कलेजको अध्यक्षमा पुनः दिलसुन्दर

 मंगल, पौष २२, २०८२  --

धुलिखेल क्याम्पसमा एमविएस, विटिटिएम र एलएलवी सञ्चालन हुने

       धुलिखेल क्याम्पसको दोश्रो क्याम्पस सभा शनिबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । प्रमुख अतिथि धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले सभाको उद्घाटन गर्नुहुदै नगरबासिहरुका लागि उच्च शिक्षा तथा क्याम्पस तहको शिक्षालाई निशुल्क गरेको र नगरबासि भन्दा बाहिरका लागि ५० प्रतिशतसम्मको शुल्क निःशुल्क गरिएको जानकारी दिनुभयो । क्याम्पसले संकाय थप गर्ने निर्णय गरेसँगै आवश्यक पर्ने धरौटी रकम २६ लाख रुपैया नगरपालिका आफैले राखिदिने निर्णय गरेको भन्दै ब्याञ्जुले क्याम्पस संचालनका लागि आवश्यक पर्ने पुर्वाधार र जनशक्ति ब्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष एवं क्याम्पस संचालक समितिका अध्यक्ष दीर्घराज बरुण श्रेष्ठले क्याम्पसले आगामी दिनमा आवश्यकता अनुसारका संकाय थप गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको उल्लेख गर्नुभएको थियो । क्याम्पस प्रमुख सागरमणी तिवारीले क्याम्पसको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै क्याम्पसलाई क्युएए प्रमाणपत्र प्राप्त गर्ने गरी शैक्षिक कार्यक्रमहरु संचालन गरिएको जानकारी दिदै आगामी शैक्षिक सत्र देखि एमविएस, विटिटिएम र एलएलवीका कार्यक्रमहरु थप गर्ने बताउनुभयो । सभामा प्रस्तुत गरिएको लेखापरीक्षण प्रतिवेदन २०८१÷२०८२ र बार्षिक प्रगति प्रतिवेदन सर्वसम्वतले पास भएको छ । शिक्षासेवि अनमोल माकजु श्रेष्ठ, बेदप्रसाद कोँजु, क्याम्पस सभाका सदस्यहरु, क्याम्पसका प्राध्यापक÷कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन प्रकाश रोक्काले गर्नुभएको थियो ।

 

जिल्ला अदालत काभ्रेले संचारकर्मीसँग अन्तरक्रिया ग¥यो

       काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलले चालु आर्थिक वर्षको मसिंर मसान्तसम्म भए गरेका गतिवधिहरुका सवालमा जिल्लाका कृयाशिल संचारकर्मीसँग अन्तरक्रिया गरेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेस्तेदार इन्दिरा कार्की गेलाल लगायतले अदालतका कामकारवाहीका बारेमा जानकारी गराउनुभएको थियो । मसिंर मसान्तसम्म १ हजार ४ सय ६२ वटा जिम्मेवारी सरि आएकोमा नयाँ दर्ता ७ सय ३५ वटा गरी कुल लगत २ हजार १ सय ९७ पुगेको छ । जसमध्ये यो अवधीमा ६ सय ५ वटा फछर्याैट भएको छ । १ हजार ५ सय ९२ वटा बाँकी छन् । जसमध्ये ६ महिना अवधीका २ सय १८ वटा, एक वर्ष अवधीका २ सय ६९ वटा, डेढ वर्ष अवधीका ७९ वटा, २ वर्ष अवधीका २६ वठा र २ वर्ष नाघेका १३ वटा छन् । पौष २० गतेसम्म २ वर्ष अवधी नाघेका ११ वटा फैसला भएका छन् ।

       अदालतले लिएको लक्ष्य अनुसार ८४.२६ प्रतिशत मुद्दाको फैसला भएको अदालतले जनाएको छ । आगामी निर्वाचनका कारण आर्थिक वर्षको अन्त्यसम्ममा बार्षिक लक्ष्यमा पुग्न कठिन हुन सक्ने जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए । न्याय दिन र सेवा प्रवाहमा नागरिकहरुलाई सहज न्या प्रदान गर्न अदालतले प्रविधिमैत्री सेवामा जोड दिएको न्यायाधीश आचार्यले उल्येख गर्नुभयो । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले ८४.५१ प्रतिशत, न्यायाधीश प्रेमप्रसाद आचार्यले ८५.३५ प्रतिशत र न्यायाधीश नगेन्द्रकुमार कालाखेतीले ८२.९१ प्रतिशत फैसला गरेका छन् । श्रेस्तेदार इन्दिरा कार्की गेलालका अनुसार मसिंर मसान्तसम्म १ सय ८८ वटा म्याद तामेल हुन बाँकी रहेको जनाएको छ । फैसला कार्यान्वयन तर्फ १ सय ८५ वटा फछ्र्याैट भई ४ सय २७ वटा मुद्दा बाँकी रहेका छन् ।

       मेलमिलापमा पठाईएका १ सय २९ मध्ये १६ वटा मेलमिलापबाट टुगिंएका छन् भने ५५ वटा प्रकृयामा रहेका छन् । ५८ वटा मेलमिलाप हुन नसकी फिर्ता भएका छन् । जिल्ला अदालतमा ४९ हजार ४ सय ७७ वटा मिसिल पुगेका छन् । जसमध्ये कम्प्युटरमा इन्ट्रि भएका ४५ हजार ६ सय १६ वटा छन् । अरु प्रकृयामा छन् । फैसला तयारी गर्न बाँकी ३ सय २० वटा मुद्दा छन् । ९ सय ७० वटा मुद्दाको फैसला तयारी भएको छ । अघिल्लो वर्षका जिम्मेवारी सरेका ६ सय २८ र चालु वर्षका ६ सय ५ गरी १२ सय ३३ वटा फैसला तयार गर्नु पर्ने जनाएको छ ।

       सरकारवादी फौजदारी मुद्दामा जर्बजस्ती करणी ३३, लागु औषध १७, बैकिङ कसुर १५४, चोरी ४७, अभद्र ब्यवहार १९, ठगी २१, मानवबेचविखन २ र बालयौन दुरुपयोग ५ वटा रहेका छन् । बैकिङ कसुरका १ सय २७ वटा फैसला हुन बाँकी छन । विशेष प्रकृतिका निवेदनमा मृत्युको न्यायीक घोषणा १० वटा, संरक्षक गुठी २ वठा, विवाह ५३ वटा, अधिकृत वारेसनामा ६३ वटा रहेका छन् । सम्वन्ध विच्छेदमा २ सय ३१ वटा दर्ता भएका छन् । जसमध्ये १ सय ४१ वटा फछ्र्याैट भई ९० वटा बाँकी छन् । अन्र्तक्रिया कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, अदालतका सूचना अधिकारी अधिकृत अक्षयकुमार दनुवार, कृष्ण ढुंगाना लगायतले अदालतका क्रियाकलापको बारेमा बोल्नुभएको थियो ।

 

 

 

कसरी समातिएका थिए मादुरो ?

       भेनेजुएलाका राष्ट्रपतिलाई गिरफ्तार गर्नु अघि अमेरिकाले के के गर्यो ? ‘मादुरो राष्ट्रपति दरबारमा थिए, जुन किल्ला जत्तिकै सुरक्षित थियो । त्यो विशेष सुरक्षासहितको कोठा थियो, जसलाई स्टिलको पर्खालले घेरिएको थियो । मादुरो त्यो कोठामा प्रवेश गर्न खोजिरहेका थिए, तर अमेरिकी सेना यति छिटो प्रवेश गरे कि उनले ढोका बन्द गर्नै पाएनन् ।’ ‘अमेरिकी सेनालाई मादुरो के खान्छन्, कहाँ बस्छन्, कस्ता लुगा लाउँछन्, उनका घरपालुवा जनावर के कति छन् भन्नेसम्म जानकारी थियो । यतिसम्म कि अभ्यासका लागि अमेरिकी सेनाले मादुरोको घरजस्तै नक्कली भवनसमेत बनाएका थिए।’ट्रम्पले भनेका छन्, ‘अपरेसन पूर्ण अँध्यारोमा गरिएको थियो । अमेरिकी सेनालाई सजिलोका लागि काराकास (भेनेजुएलाको राजधानी) का सबै बत्ती निभाइएको थियो । आ’क्रम’णका क्रममा कम्तीमा सातवटा विस्फोट गरिए । पूरा अपरेसन ३० मिनेटभन्दा कम समयमै सकिएको थियो ।’

       सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सेनाले मादुरो र उनकी श्रीमतीलाई बेडरुम (ओछ्यान) बाटै थुतेर लगेको उल्लेख गरेको छ । मदुरोको निवास आसपास ’स्टिल्थ ड्रोन’समेत उडाइएको थियो । यसले पनि मदुरोको गतिविधि, दिनचर्या र उनको सुरक्षाबारे सुक्ष्म रूपले निगरानी गरिएको थियो । यो ड्रोन सामान्य आँखाले, रडारले र सामान्य सेन्सरले सजिलै पहिचान गर्न नसकिने गरी बनाइएको हुन्छ भनेर अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ ।

 

 

 

 

       सञ्जीवनी कलेज धुलिखेलको क्याम्पस संचालन समितिका अध्यक्ष दिल सुन्दर श्रेष्ठको अध्यक्षतामा सातौं क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभामा क्याम्पस प्रमुख पुजन श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन – २०८२, लेखा परीक्षेण प्रतिवेदन आ.व. २०८१÷०८२ र अनुमानित बजेट आ.व. २०८२÷०८३ प्रस्तुत गरेको र सर्व सम्मत पारित भएको छ । क्याम्पसको संसोधित विधान २०७६ को परिच्छेद ४ को दफा १३ अनुसार तपशिल बमोजिमको संचालन समिति सर्व सम्मत गठन भएको छ ः

       क्याम्पस संचालन समितिका अध्यक्षमा दिल सुन्दर श्रेष्ठ, उपाध्यक्षमा न्हुछे माया श्रेष्ठ, सदस्य सचिवमा पूजन श्रेष्ठ, सदस्यमा केदारनाथ माकजू, दिर्घराज वरुण श्रेष्ठ, रमानाथ यगोल, जगदिश खोजू, हरिश चन्द्र बरुण श्रेष्ठ, अञ्जनी यगोल श्रेष्ठ र वराज तिमल्सिना (प्राध्यापक प्रतिनिधि) तथा सल्लाहकार समितिमा सुवास काजि माकजू श्रेष्ठ, वेद प्रसाद कोजू, चुनिलाल माकजू र सुखर लक्ष्मि न्हसिजू रहनुभएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्