निर्वाचन आयोगमा पौष १३ र १४ गते बन्द सूची बुझाउने कार्यतालिका अनुसार राजनीतिक दलहरु एक आपसमा सूची बुझाउने गरी छलफलमा केन्द्रित भएका छन् । विशेषगरी नेकपा एमाले निर्वाचन तालिका प्रति असन्तुष्टी देखिदै आएको थियो । पौष १३ गते दिउसो नेकपा एमालेले सचिवालय बैठक आब्हान गरेको छ । जसबाट भोली पौष १४ गते आयोगको कार्यतालिका अनुसार अन्तिम दिन नेकपा एमालेले देशभरबाट प्राप्त बन्द सुचीमा समावेश गर्ने नामहरु तय गरी बुझाउने योजना बनाएको छ । त्यसका लागि महाधिबेशन सकिए लगत्तै नेकपा एमालेले मौखिक रुपमा ७७ वटैं जिल्ला कमिटी र क्लस्टरहरुलाई समानुपातिक सूचीमा राख्न आवश्यक नामहरु सिफारिस गर्ने निर्देशन दिएको थियो । यस अघि नेपाली काँग्रेस, राप्रपा, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा लगायतले समानुपातिक उम्मेदवारको नाम जिल्लाबाट सिफारिस गरिसकेका छन् ।
नेकपा एमाले काभ्रेले पनि समानुपातिका लागि जिल्लाबाट नामहरु सिफारिस गरेको छ । अध्यक्ष राजन भुर्तेलले पाटीै केन्द्रीय कमिटीलाई पौष ९ गते नै नामावली पठाएका छन् । प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट इन्द्रबहादुर तामाङ तेमाल, टुल्कु लामा रोशी, शान्ति तितुङ राना मगर महाभारत र हर्कबहादुर तामाङ धुलिखेल रहेका छन् भने प्रतिनिधि सभा क्षेत्र नम्वर २ बाट अम्बिका हमाल, खड्ग पुर्कोटी र प्रकाश रोक्का मण्डनदेउपुर, टिकाराम लामा भुम्लु, तुला दाहाल बनेपा, विमला शर्मा चौलागाई धुलिखेल, भक्तकुमारी लामा पाँचखाल, माधुरी सापकोटा पनौती, सम्झना परियार बनेपा रहेका छन् ।
