निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेको जिल्ला परिषद् सोमबार साँगामा सम्पन्न भएको छ । केन्द्रिय प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता एवं जिल्ला अध्यक्ष श्याम बहादुर भुजेलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि अधिकारीले देशभरका नीजि विद्यालयहरुको संस्थागत विकासका लागि प्याब्सन लागिरहने प्रतिबद्धता जनाउनुभयो । प्याब्सन काभ्रेका बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा केन्द्रिय सह–अध्यक्ष किशोर कुमार गौतम, महासचिव आर.वि.कटुवाल, उपमहासचिव भिमसेन केसी, बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश संजेल, सचिवालय सदस्य हिरा शर्मा नेपाल, काठमाडौ जिल्ला अध्यक्ष नवराज भट्ट, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, पब्लिकेशनका मदन ढुंगाना लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नीजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुको अवस्था, आगामी योजना र सम्भावित जोखिमका बारेमा उक्त कार्यक्रममा छलफल भएको थियो । जिल्ला उपाध्यक्ष बसन्तराज नेपालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सचिव विमल न्यौपानेले गर्नुभएको थियो । परिषद्को बन्द सत्रमा सचिव विमल न्यौपानेले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष अर्जुन थापाले आर्थिक प्रतिवेदन र अध्यक्ष श्याम बहादुर भुजेलले प्याब्सन काभ्रेको अवस्थाका बारेमा धारणा राख्नुभयो ।
