हिजो भएको पहिलो सेमिफाइनल खेलमा सारदा देवी युवा क्लबले लड्केश्वोर युवा क्लबलाई २९–२७, २७–२५,१९–२५ २५–१६ ले ३–१ सेटमा पराजित गरी फाईनल प्रवेश गर्न सफल भएको छ । सो खेलमा म्यान अफ द म्याच सारदा देवी युवा क्लबका दया राम थापाले प्राप्त गर्नु भएको छ । सो पुरस्कार यश क्लबका शुभचिन्तक तथा नेपाली कांग्रेसका जिल्ला उपसभापती रमेश प्रसाद हुमागाईले प्रधान गर्नुभयो । हिजो भएको दोस्रो सेमिफाइनल खेलमा न्यू गौखुरेश्वोर युवा क्लबले ज्वला भोमी युवा क्लबलाई २५–१७,२५–१८ र २५–२२ को सोझै सेटमा पराजित गरि फाईनल प्रवेश गर्न सफल भएको छ ।
सो खेलमा म्यान अफ द म्याच न्यू गौखुरेश्वोर युवा क्लबका रामशरण कार्कीले प्राप्त गर्नु भएको थियो । सो पुरस्कार न्यू गौखुरेश्वोर युवा क्लबका सदस्य श्यामलाल गज्याजूले प्रधान गर्नुभयो । तेस्रो स्थानको लगी २०८२ पौष १६ गते बुधबार बिहान १०ः३० बजे लड्केश्वोर युवा क्लब बल्थली विरुद्ध ज्वाला भोमी युवा क्लब बनेपा बिच हुने छ । फाईनल खेल २०८२ पौष १६ गते बजे सारदा देवि युवा क्लब सुन्थान विरुद्ध न्यू गौखुरेश्वोर युवा क्लब धुलिखेल बीच हुने छ ।
