IMG-LOGO

डजबल संघको अध्यक्षमा मेहन्द्र

 मंगल, पौष १५, २०८२  --

     बागमती प्रदेश डजबल संघको निर्वाचनबाट महेन्द्र विष्टको अध्यक्षतामा सर्बसम्मत समिति चयन भएका छन् । जसको वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ, सचिवमा विनोद कोइराला र कोषाध्यक्षमा रूपात्री ढुङ्गाना निर्वाचित भए । त्यसैगरी संघको सदस्यमा मन्दीरा कुमारी दाहाल, लक्ष्मण सुनार, राजाराम पण्डित क्षेत्री र विकास अधिकारी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष महेन्द्र विष्टले डजबल खेलको विकास र विस्तार, संघमा पारदर्शिता र सुशासन कायम गर्नु, तथा खेलाडी, प्रशिक्षक र अफिसियलहरूको हकहित र क्षमता विकासमा केन्द्रित रहने प्रतिबद्धता जनाउनु भएको छ । आगामी दिनमा प्रदेशस्तरमा प्रतियोगिता, तालिम र अवसरहरू बढाइने, युवा प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्यका साथ संघले योजनाबद्ध रूपमा काम गर्ने बिष्टको भनाइ रहेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्