IMG-LOGO

बनेपामा फुटबल वीन्टर क्याम्प हुने

 मंगल, पौष १५, २०८२  --

     यहि पुस १९ गतेदेखि बनेपामा वीन्टर क्याम्प सञ्चालन हुने भएको छ । बनेपा फुटबल एकेडेमी र माउण्ट एभरेष्ट फुटबल क्लबको सहकार्य तथा जिल्ला फुटबल संघ काभ्रेको प्राविधिक सहयोगमा १५ दिने क्याम्प हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । ’राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जाडो बिदाको समय पारेर गरिन लागेको वीन्टर क्याम्पमा ८ देखि १६ वर्ष उमेरसम्मका खेलाडीहरु सहभागी हुनसक्ने छन् । जसका लागि प्रतिव्यक्ति १ हजार ५०० शुल्क लाग्नेछ । बनेपाको पोलिटेक्निक खेल मैदानमा बिहान ७ देखि ९ बजेसम्म तालिम सञ्चालन हुने बनेपा फुटबल एकेडेमीका अध्यक्ष निरोज शाक्यले जानकारी दिनुभयो । कार्यक्रममा काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकाश नारायण श्रेष्ठले बालबालिकाको मानसिक तथा शारीरिक बृद्धि विकासका लागि खेल ज्यादै ठूलो विषय भएको बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्