IMG-LOGO

जेष्ठ नागरिक काभ्रेको अध्यक्षमा पुनः सिद्धिबहादुर

 मंगल, पौष १५, २०८२  --

     बनेपा बौद्ध बृध्दाश्रममा ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेको पाँचौं साधारण सभा तथा तेश्रो जिल्ला अधिवेशन ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका अध्यक्ष सिध्दिबहादुर कर्माचार्यको सभापतित्वमा र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय अध्यक्ष सूर्यप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका सचिव पूर्णबहादुर कर्माचार्यले कार्यक्रम संचालन गर्नु भएको सभामा ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका कोषाध्यक्ष दैवज्ञराज कायस्थले स्वागत मन्तब्य दिनुभयो । ज्येष्ठ नागरिक बागमती प्रदेशका सदस्य रमेशकाजी श्रेष्ठ तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका सल्लाहकार प्रा.डा. प्रेम शर्माले शुभकामना मन्तब्य दिनु भएको थियो । ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका सचिव पूर्णबहादुर कर्माचार्यले संघको वार्षिक प्रगति प्रतिवेदन तथा आय ब्यय तथा लेखापरीक्षण प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।

     राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ केन्द्रीय अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले प्रमुख अतिथीय सम्बोधन मन्तब्य ब्यक्त गर्नु हुँदै भन्नु भयो, “ज्येष्ठ नागरिकको संघ संगठनहरु स्थानीय वडा तह देखि नै क्रमशः संगठित हुँदै जिल्ला, प्रदेश र केन्द्रको संगठनहरु निर्माण हुनु पर्दछ । हाल १११५ हटलाइन  बनेको छ । सेवाग्राही, पीडा मर्कामा परेका ब्यक्तिहरुले आफ्नो नाम उल्लेख नगरी उजुर, जानकारी, सूचना निशुल्क रुपमा दिन सक्ने बताउनुभयो ।

     कार्यक्रमको दोश्रो सत्र ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेको निर्वाचन कार्यक्रमका रुपमा संचालन भएको थियोे ।  निर्वाचन अधिकृत सत्यनारायण श्रेष्ठले ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेको विधानअनुसार विधिवत निर्वाचन कार्यक्रम संचालन गर्नु भएर निम्नानुसार निर्विरोध निर्वाचित हुनु भएका पदाधिकारीहरु र सदस्यहरुको नामावली घोषणा गर्नु भएको थियोे : अध्यक्ष पदमा सिध्दिबहादुर कर्माचार्य, उपाध्यक्ष पदमा बिजयराम कर्माचार्य, सचिव पदमा पूर्णबहादुर कर्माचार्य, कोषाध्यक्ष पदमा कैलाश श्रेष्ठ, सदस्य पदहरुमा क्रमशः बिश्वनाथ ताम्राकार, रमेशकाजी श्रेष्ठ, रेशमलाल श्रेष्ठ, बिनोद वैद्य, बिजया कायस्थ, पुनमाया श्रेष्ठ कर्माचार्य, सानु केसी, सहदीप पलाञ्चोके, बीरबहादुर तामाङ तत्पश्चात निर्वाचन अधिकृत सत्यनारायण श्रेष्ठले सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरुलाई शपथ ग्रहण गराउनु भयो र निर्विरोध निर्वाचित हुनु भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्