५ औँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बनेपा नगरपालिकाले नगरभित्रका १४ वटै वडाका ८० तथा ८१ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा प्रदान गर्दै सम्मान गरेको छ । ज्येष्ठ नागरिकप्रति सम्मान, संरक्षण र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा जाडो मौसमलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य प्रमुख अतिथि हुनुहन्थ्यो । उप–प्रमुख बिमला सापकोटा दाहाल र नगर प्रमुख शान्ति रत्न शाक्यले न्यानो कपडा फाइवर सिरक वितरण गर्नुभएको कुरा महिला, बालबालिका तथा जेष्ठ नागरिक सहायक प्रमुख भगवती तामाङले बताउनुभयो । ४ लाख बजेट विनियोजीतमा नागरभित्रका २ सय ५० जेष्ठ नागरिकलाई सम्मान गर्ने लक्ष्य रहेको जनाएको छ । उत्रः दिन १ सय ३४ लाई सम्मान गरियो ।
