IMG-LOGO

बनेपाको साँगामा सह–योग शिक्षक तालिम

 मंगल, पौष १५, २०८२  --

     पंतजली योग समिति बाग्मती प्रदेशले बनेपा नगरको सागाँमा भएको नासिका भगवती मन्दिर साँगाको प्राङ्गणमा १५ दिने सह–योग शिक्षक तालिमको शुभारम्भ भएको छ । बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले समुद्घाटन गर्नु भएको उक्त तालिमको प्रमुख प्रशिक्षक प्रमुख ताजलेनै हुनुहुन्छ ।

     पंतजली योग समिति काभ्रे, महिला पंतजली योग समिति र युवा नेपालको संयोजन तथा पंतजली योग समिति नासिका योग साधना केन्द्रको व्यवस्थापनमा भएको उक्त कार्याक्रमको उद्घाटन समारोहमा पंतजली योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पंतजली योग समिति काभ्रेका का.वा. अध्यक्ष मोहन कृष्ण श्रेष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, नि.व. अध्यक्ष अनु श्रेष्ठ, महामन्त्री श्याम कुमार श्रेष्ठ, नासिका योग साधना केन्द्र साँगाका संयोजक मनोरथ आचार्य, राजाराम सुवाल, बालगोपाल न्हुछे प्रधान लगायतको उपस्थिति रहेको उक्त तालिममा २४ जना साधक साधिकाहरुले भाग लिईरहेको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्