IMG-LOGO

१६ औं नेवाः एकता दिवस सम्पन्न

 मंगल, पौष १५, २०८२  --

     १६ औं नेवाः एकता दिवस आइतबार बनेपामा सम्पन्न भएको छ । जेष्ठ नागरिक (९४ वर्ष) रामभक्त श्रेष्ठको प्रमुख आतिथ्यता एवं दिवस मुल समारोह समितिका संयोजक जगन्नाथ श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम लायकु मञ्चमा सम्पन्न भएको हो । लायकु मञ्चबाट धिमेबाजा सहित नेवारी संस्कृति झल्कने र्‍यालि बजार परिक्रमा गर्दै पूनः लायकु मञ्चमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा हलिं नेवाः गुथि भवाँत दे कचाः का नायो रामकाजी प्रधान, हलिं नेवाः गुथि मिसा कचाकि अल्का जोशी, हलिं नेवाः गुथि केन्द्रिय अध्यक्ष सुरेश सैजु, नेवा अभियन्ता माइलाबाबु देउला, विश्वनाथ ताम्राकार लगायत हलिं नेवाः गुथिका सदस्यहरुको उपस्थिति रहेको थियो । काभ्रेको बनेपा, नाला, साँगा, धुलिखेल, खड्पु, चौकोट र पनौतिका नेवार संस्कृति र सम्पदाको जगेर्ना गर्ने उदेश्यले कार्यक्रम गरिएको नेवाः अभियन्ता भवानि जोशीले जनाकारी दिनुभयो ।

 

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्